काठमाडौ ८ चैत । सिप्रदी ट्रेडिङ नेपालमा सात हजार युनिट विद्युतीय कार ९ईभी० आयात पूरा गर्ने पहिलो कम्पनी बनेको छ ।
भारतीय ब्राण्ड टाटाले उत्पादन गरेको विद्युतीय कार सन् २०२१ देखि नेपाल ल्याउन थालेको सिप्रदीले चार वर्षको अवधिमा सात हजार ८१ युनिट विद्युतीय कार आयात गरेको हो ।
कम्पनीले सन् २०२१ मा नेक्सन ईभी ल्याएर विद्युतीय एसयूभी बिक्री थालेको थियो । त्यसपछि कम्पनीले एस ईभी, एक्सप्रेस–टी, टिगोर ईभी, पन्च ईभी हुँदै कर्भ ईभीसम्मका उत्पादन बजारमा ल्याइसकेको छ ।
टाटाले यस दौरान नेक्सन ईभी, एक्सप्रेस–टी ट्याक्सीको रूपमा०, टियागो ह्याचब्याक र पन्च ईभी माइक्रो एसयूभी सेग्मेन्टमा ल्याएर बिक्री गरेको हो । जसमा नेक्सन र टियागोको सफलता लोभलाग्दो देखिन्छ ।
केही महिना अगाडि मात्रै बिक्री शुरू भएको पन्च ईभी पनि बजारमा राम्रो सङ्ख्यामा उपलब्ध मोडल हो । त्यस्तै ईभीकै कारण टाटा नेपाली बजारमा टप ब्राण्ड बन्न सकेको देखिन्छ ।
सन् २०२३ मा पहिलो भएको कम्पनी २०२४ मा दोस्रो भयो । अहिलेसम्मको आयातमा पनि टाटा पहिलो स्थानमै छ ।








प्रतिक्रिया दिनुहोस्