ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलविरुद्ध हमासको जवाफी आक्रमण, तेल अभिभमा ३ मिसाइल प्रहार


एबीसी न्यूज

काठमाडौ ८ चैत । हमासले इजरायलको तेल अभिभमा तीनवटा रकेट प्रहार गरेको बताएको छ। इजरायलले गाजामा आफ्नो सैन्य आक्रमण पुनः सुरु गरेपछि हमासको यो पहिलो प्रतिशोधात्मक आक्रमण हो।

यद्यपि, इजरायलले तीनवटा क्षेप्यास्त्रमध्ये एउटालाई रोकेको र बाँकी क्षेप्यास्त्र कोही पनि नबस्ने ठाउँमा खसेको बताएको छ। हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारदेखि इजरायलले पुनः युद्ध सुरु गरेदेखि कम्तीमा ५९१ जनाको मृत्यु भइसकेको छ, जसमा २०० भन्दा बढी बालबालिका पनि समावेश छन्।

इजरायली सेना ९आईडीएफ० ले बिहीबार प्यालेस्टिनी क्षेत्रमा स्थलगत कारबाही सुरु गरेको बताएको छ।

जनवरी १९ देखि मार्च ३० सम्म इजरायल र हमासबीच युद्धविराम भए पनि यसको अवधि लम्ब्याउने सहमति हुन नसक्दा इजरायलले गाजामा फेरि हमला सुरु गरेको हो।

इजरायलले हमासले अझै पनि ५९ जनालाई बन्धक बनाएको बताएको छ, जसमध्ये २४ जना जीवित रहेको अनुमान गरिएको छ।

हमास र इजरायलबीच पुनस् युद्ध सुरु भएसँगै बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशी रिहा हुने आशामा पनि तुषारापात भएको छ।

गत जनवरी १९ देखि मार्च ३० सम्म भएको युद्धविरामका क्रममा हमासले २५ जना जीवित र ८ जना मृत बन्धक इजरायललाई फिर्ता गरेको छ भने बदलामा इजरायलले १ हजार ९ सय प्यालेस्टिनी कैदीबन्दी रिहा गरेको छ।

हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेको थियो। जसमा परी १,२०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com