ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनमत र नागरिक उन्मुक्तिबीच एकता हुँदै: रेशम संरक्षक, सीके अध्यक्ष


एबीसी न्यूज

काठमाडौ ८ चैत । संसदमा छैटौँ ठूलो दल बन्नेगरी जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता हुने भएको छ। एकता प्रक्रिया अन्तिम चरणमा पुगेको नेताहरूले बताएका छन्।

दुई पार्टी एक हुँदा उसको पहुँच मधेस प्रदेशदेखि सुदूरपश्चिमसम्म विस्तार हुनेछ। मधेसमा त प्रभावशाली दल नै बन्ने छ।

दुवै पार्टीनिकट शीर्ष तहका नेताले नेपालखबरलाई दिएको जानकारी अनुसार एकीकृत पार्टीको संरक्षक रेशम चौधरी हुनेछन्।

यस्तै, अध्यक्षमा सीके राउत रहने छन्। सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने निश्चित भइसकेको छ। यद्यपि, सहअध्यक्ष राख्ने वा अध्यक्षमण्डल राख्ने भन्ने निर्क्यौल भने दुवै पार्टीले गठन गर्ने कार्यदलले टुंगो लगाउने छ।

२०७५ सालमा गठन भएको राउत नेतृत्वको जनमत र डिल्लीबजार कारागारमै छँदा रेशम चौधरीले २०७८ सालमा श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठन गरेको नाउपाबीच छिट्टै एकता गर्ने तय भएको छ।

प्रतिनिधि सभामा जनमत पार्टीका ६ सांसद छन्। यस्तै, नाउपाका ४ जना छन्।

‘एकता गर्ने निश्चित भएको छ,’ नाउपाको संरक्षक रहेका रेशम चौधरीले नेपालखबरसँग भने, ‘भोलि र पर्सि हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक राखेका छौँ, त्यसले कार्यदल बन्छ। दुवै पार्टीको कार्यदल बसेर छलफल हुन्छ अनि एकताको टुंगो लाग्छ।’

‘कार्यदले एउटा रिपोर्ट बुझाउला, एउटै बैठकले फाइनल नहोला,’ उनले थपे, एकता घोषणा गर्दा सबै कुरा मिलाएर मात्र गर्छौँ। पार्टीको नाम, झण्डा, चुनाव चिह्न सबै टुंगो लाग्छ, एकतापछि कुनै कुरा नल्याउने, ताकि विवाद नहोस्।’

जनमत पार्टीका एक पदाधिकारीले मुख्य कुरामा सहमति जुटिसकेको बताए।

‘पार्टीको नाम जनमत पार्टी राख्ने, अध्यक्षमा डा। सीके राउत, संरक्षक रेशम चौधरी रहने, सहअध्यक्ष रञ्जिता श्रेष्ठ र चुनाव चिह्न ढकिया राख्ने कुरामा सहमति भइसकेको छ,’ ती पदाधिकारीले भने, ‘पदाधिकारी संख्या पछि टुंगो लगाउने भन्ने छ।’

यसअघि अध्यक्ष मण्डल राखेका दलहरूले पार्टी चलाउन नसकेकाले सीके राउतले अध्यक्ष मण्डल राख्न नचाहेको उनी बताउँछन्।

आफूहरूले उपाध्यक्ष अब्दुल खान, प्रवक्ता शरद सिंह र केन्द्रीय सचिव बालगोविन्द चौधरी सदस्य रहेको वार्ता कमिटी गठन गरिसकेको राष्ट्रिय सचिव बीपी साहले बताए।

‘नागरिकको केन्द्रीय समितिबाट निर्णय भएपछि हाम्रो अरु प्रक्रिया अगाडि बढ्छ,’ साहले भने।

नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले एकता हुन लागेको बताइन्। एकतापछिको नेतृत्वको विषयमा कुनै विवाद नहुने उनको भनाइ छ।

‘एकता छिट्टै हुन्छ,’ उनले भनिन्, ‘सहकार्य गरेर जाँदा हामीभन्दा धेरै सांसद भएको पार्टीको अध्यक्ष सीकेजी हुनुहुन्छ। कतिपय कुरामा सहमति नगरी हुँदैन, पार्टीको चुनाव चिह्नदेखि बसेर सबै कुरामा छलफल गर्दा मिलेर जाँदैछौँ।’

नाउपाका संरक्षक चौधरी आफैँ एकताका लागि छलफलमा थिए। दुई महिनाभन्दा बढी समयदेखि जनमतसँग उनको पटकपटक छलफल भएको थियो।

‘आज बिहान पनि हाम्रो दल र संरक्षकज्यूसँग छलफल भएको थियो,’ श्रेष्ठले भनिन्, ‘हामीले सबै निर्णय गर्ने जिम्मा रेशम चौधरीजीलाई दिएका छौँ। किनभने नागरिक उन्मुक्ति पार्टी जन्माउनु भएको उहाँले नै हो।’

स्वतन्त्र मधेस अभियान चलाइरहेका राउतले २०७५ चैत ५ गते आफ्नै नेतृत्वमा सिरहाको लहानबाट जनमत पार्टी गठन गरेका थिए।

यस्तै, २०७८ पुस १९ गते नागरिक उन्मुक्ति पार्टी गठन भएको हो। जुनबेला चौधरी टीकापुर काण्डका प्रमुख आरोपितका रूपमा जेलमै थिए।

पार्टी गठन गरेको एक वर्षमै नाउपाले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४ सांसद जितेको थियो।

उता जनमत पार्टी त प्रतिनिधि सभामा राष्ट्रिय पार्टी नै बनेको छ। प्रत्यक्षमा राउतले जितेका थिए। बाँकी ५ सांसद समानुपातिकतर्फका हुन्। मधेस प्रदेश सभामा जनमतका १३ सांसद छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com