ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओभल अफिस झगडाको १८दिनपछि ट्रम्प –जेलेन्स्की फोनवार्ता, जेलेन्स्की आंशिक युद्धविरामका लागि सहमत


ABC News

३० दिने युद्धविराम ट्रम्पको युक्रेन युद्ध समाप्त गर्ने प्रयासको अहिलेसम्मको सबैभन्दा ठोस कदम

काठमाडौं ७ चैत । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार रूससँग ‘ऊर्जा र अन्य नागरिक पूर्वाधारू’ मा केन्द्रित आंशिक युद्धविराममा सहमति जनाएका छन्। गत फ्रेब्रवरी २८ मा ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग झगडा भएपछि पहिलो पटक ट्रम्प जेलेन्स्कीबीच पहिलो पटक रुस–युक्रेन युद्धविरामका लागि फोन वार्ता भएको हो । दुई नेताबीच एक घण्टा लामो फोन कुराकानीपछि बोल्दै जेलेन्स्कीले भने मस्कोले आफ्नो देशमाथि आक्रमण गरेको तीन वर्षभन्दा बढी समयपछि ‘स्थायी शान्ति’तर्फ लैजाने आशा व्यक्त गरेका छन् ।

https://truthsocial.com/@realDonaldTrump/114189841352600682

३० दिनको युद्धविराम ट्रम्पको युक्रेन युद्ध समाप्त गर्ने प्रयासको अहिलेसम्मको सबैभन्दा ठोस परिणाम हुनेछ। ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अघिल्लो दिन झण्डै साढे दुई घण्टा लामो फोनलामो कुराकानी गरेको एक दिनपछि युक्रेन पनि सहमत भएको हो । ट्रम्पले सम्झौता गर्न र क्रेमलिनसँग व्यापक सम्बन्ध पुनर्स्थापना गर्न खोजेका थिए । सन् २०२२ फेब्रुअरी २४ मा युक्रेनमाथि रुसललेआक्रमण गरेपछिको पहिलो विकासक्रम हो ।

ट्रम्प र जेलेन्स्कीबीचको कुराकानी र यसको समयले युक्रेनलाई आफ्नो भविष्यबारे वार्तामा पछाडि धकेलिएको पछिल्लो प्रमाण भएको वाशिंगटन पोष्टले उल्लेख गरेको छ । पुटिनले ट्रम्पसँग गरेको युक्रेनको पूर्वाधारमाथि हमला रोक्ने भन्ने प्रस्तावलाई ट्रम्पले जेलेन्स्कीलाई पनि सहमत गराएका छन् ।

‘भर्खरै युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग धेरै राम्रो टेलिफोन कुराकानी सम्पन्न गरें,; ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन् ‘हिजो राष्ट्रपति पुटिनसँग भएको कुराकानीमा आधारित धेरैजसो छलफल रूस र युक्रेन दुवैको माग र आवश्यकताहरूलाई मिलाउन केन्द्रित थियो। हामी धेरै हदसम्म सही बाटोमा छौं।’ ट्रम्पले उक्त कुराकानी एक घण्टा चलेको जानकारी दिए ।

‘हामी विश्वास गर्छौं कि अमेरिकासँग, राष्ट्रपति ट्रम्पसँग, र अमेरिकी नेतृत्वमा, यो वर्ष स्थायी शान्ति हासिल गर्न सकिन्छ,’ जेलेन्स्कीले एक्समा पोस्ट गरेका छन् । ‘युद्धलाई पूर्ण रूपमा अन्त्य गर्ने पहिलो कदमहरू मध्ये एक ऊर्जा र अन्य नागरिक पूर्वाधारमाथिको हमला रोक्नु हुन सक्छ। मैले यो कदमको समर्थन गरें, र युक्रेनले हामी यसलाई कार्यान्वयन गर्न तयार छौं भनेर पुष्टि गरेको छ।’ उनले आशा व्यक्त गरे अनुसार युद्धविराम विस्तार हुन सक्छ।

जेलेन्स्कीले ह्वाइट हाउससँग व्यवहार गर्न संघर्ष गरिरहेका छन्, पछिल्लो समय ह्वाइटहाउस उनप्रति शत्रुतापूर्ण र पुटिनप्रति मित्रवत् देखिएको छ। गत महिना ट्रम्पले निर्वाचन विनको जेलेन्स्कीलाई ‘तानाशाह’भनेपछि ओभल अफिस वार्तामा उनलाई ‘तिमीसँग अहिले कार्डहरू छैनन्’ भनेका थिए। ह्वाइट हाउसका अधिकारीहरूले बुधबार पुटिन युक्रेनमा शान्ति बहाल गर्ने बारेमा छलफल गर्ने उनको इच्छाको प्रशंसा गरेका थिए ।

ट्रम्प र ह्वाइट हाउसका अन्य वरिष्ठ अधिकारीहरूले बुधबार जेलेन्स्की र कीभप्रति आफ्नो स्वर नरम पारेको देखिएको छ । बुधबार ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन लिविटले वाशिंगटनले कीभलाई सैन्य र गुप्तचर सहायता प्रदान गर्न जारी राख्ने योजना बनाएको बताइन्, यो महिनाको सुरुमा केही दिनको लागि रोकिएको भए पनि, क्रेमलिनको रोक लगाउने अनुरोधको बावजुद सहायता जारी रहनेछ ।

लिविटले जेलेन्स्कीले थप हवाई रक्षा प्रणालीहरू, विशेष गरी शक्तिशाली अमेरिकी निर्मित प्याट्रियट प्रणालीहरू मागेपछि, ट्रम्पले ‘उनीसँग मिलेर यूरोपमा उपलब्ध के छ भनेर खोज्ने‘सहमति जनाएको बताएकी छन् ।

उनले अमेरिकाको युक्रेनी परमाणु ऊर्जा संयन्त्रहरूको स्वामित्व र सञ्चालनमा रुचि व्यक्त गरिन्, र यो मुद्दा दुई नेताहरूले बुधबारको कुराकानीमा छलफल गरेको बताइन्।

युक्रेन र रूसले बुधबार १७५ कैदीहरू आदानप्रदान गरेका छन् । मंगलवार रूससँग भएको अमेरकिाको छलफलको अर्को विकासक्रम हो ।

ट्रम्पका दूत स्टिभ विटकफले युक्रेनी रिपोर्टहरूलाई खारेज गरेका छन् । रातभर रूसी हमलाहरू युक्रेनी ऊर्जा पूर्वाधारमा जारी रहेको भनिएको गलत भएको उनले बताए ।

‘राष्ट्रपति पुटिनले राष्ट्रपतिसँगको कुराकानीको १० मिनेटभित्रै रूसी सेनालाई युक्रेनी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न निर्देशन दिए,का थिए’ विटकफले बुधबार ब्लूमबर्ग टिभीलाई भनेका छन्। ‘हिजो राति भएका कुनै पनि आक्रमणहरू त्यो आदेश दिइनुअघि भएका हुनसक्छन्। वास्तवमा, रूसीहरूले मलाई आज बिहान बताए अनुसार उनीहरूका सात ड्रोनहरू बाटोमा थिए, जब राष्ट्रपति पुटिनले आफ्नो आदेश जारी गरे, त्यसभन्दा अघि नै रूसी सेनाले ती ड्रोनहरुल खसालि सकेका थिए । त्यसैले मलाई लाग्छ कि राष्ट्रपति पुटिन इमानदारीपूर्वक काम गरिरहेका छन्।’

जेलेन्स्कीले बुधबार रातभर व्यापक रूसी आक्रमणहरू गर्दा ऊर्जा पूर्वाधार पनि समावेश भएको आरोप लगाएका थिए। रुसी हमलाले पूर्वी युक्रेनी शहर स्लोभ्यान्स्कमा प्रहार हुँदा शहरको बिजुली ग्रिडलाई क्षति पुर्‍याएको छ । क्षेत्रीय अभियोजकको कार्यालयले यो हमला स्थानीय समयअनुसार राति ८ः५० बजे भएको बतायो, जुन कुराकानी समाप्त भएको दुई घण्टाभन्दा बढीपछि भएको वाशिंगटन पोष्टले लेखेको छ । यो अखबार अर्बपति जेफ बेजोस स्वामित्वका भएपनि अझै सम्म ट्रम्पप्रतिको आलोचनात्मक रुख बदलिएको छैन ।

यसैबीच, युक्रेनले रूसको क्रास्नोदार क्षेत्रमा एक तेल डिपोमा आक्रमण गर्दा आगो लागेको थियो । यसलाई रूसी रक्षा मन्त्रालयले ‘शान्ति पहलहरूको अवरोध’भनेर टिप्पण्मी ग।रेको छ । युक्रेनी नेताहरूलाई ट्रम्प–पुटिन कुराकानीको बारेमा बुधबारसम्म औपचारिक रूपमा जानकारी दिइएको थिएन।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com