ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले यमनमा थाल्यो हुथी विद्रोहीविरुद्ध हवाई हमला


एबीसी न्यूज

काठमाडौं ३ चैत । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनमा हुथी विद्रोहीविरुद्ध ‘निर्णायक र शक्तिशाली’ हवाई आक्रमण सुरु गरिएको बताएका छन्।

उनले लाल सागरमा रहेको जहाजमा हुथी विद्रोहीले गरेको आक्रमणका कारण हवाई हमाल गरिएको उल्लेख गरेका छन्।

ट्रम्पले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथमा लेखेका छन्, ‘इरानबाट आर्थिक सहयोग लिने हुथीहरूले अमेरिकी विमानमा मिसाइल प्रहार गरेका छन् र हाम्रा सैनिक र सहयोगीहरूलाई निशाना बनाएका छन्।’

हुथी विद्रोहीको ‘डकैती, हिंसा र आतंकवाद’ का कारण आफ्नो मुलुकको अर्बौँ डलर गुमेको र नागरिकको जीवन खतरामा परेको उनको आरोप छ।

हुथीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले अमेरिकी आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु र ९ जना घाइते भएको बताएको छ।

हुथी विद्रोहीले शनिबार साँझ साना र उत्तरी प्रान्त सादामा शृङ्खलाबद्ध विस्फोटन भएको जानकारी दिएको छ। यो साउदी अरबको सीमामा हुथी विद्रोहीको बलियो आधार हो।

गाजामा इजरायल(हमास युद्धको जवाफमा हुथी विद्रोहीहरूले जहाजहरूलाई निशाना बनाउन थाले। उनीहरूले यो अमेरिकी आक्रमणको जवाफ भएको बताएका छन्।

इरान समर्थित यो विद्रोही समूहले इजरायललाई आफ्नो शत्रु मानेको छ। यसले साना र उत्तरपश्चिम यमनका केही भाग नियन्त्रण गरेको छ, तर यो अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकार होइन।

सार्वजनिक तस्बिरमा साना एयरपोर्टको क्षेत्रमा कालो धुवाँको मुस्लो देखिएको छ, जसमा सैन्य बेस पनि छ। तर तस्बिरको आधिकारिक पुष्टि भइनसकेको बीबीसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com