काठमाडौं २५ पागुन । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज काठमाडौं आउँदै छन्।
अपराह्न साढे ३ बजे समिट एयरको चार्टर्ड उडानबाट काठमाडौं आउनलागेका उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, राप्रपा नेपाललगायत दलका कार्यकर्ता र राजतन्त्र समर्थकहरुले भव्य स्वागतको तयारी गरेका छन्।
अहिले त्रिभुवन विमानस्थलबाहिर ठूलो संख्यामा भीड जम्मा भएको छ भने शाहलाई निर्मल निवास पुर्याउन र्याली आयोजना गरिएको ती दलहरुले उल्लेख गरेका छन्।
राजतन्त्रवादीहरुको प्रदर्शन र भीडका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा भने प्रभाव परेको छ।








प्रतिक्रिया दिनुहोस्