ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजावादीको प्रदर्शनमा अप्रिय घटना हुन नदिन थपियो १४४६ प्रहरी


एबीसी न्यूज

काठमाडौं २५ पागुन । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ फर्किने र त्यही मौकामा राजावादीहरूले प्रदर्शन गर्ने तयारी गरेपछि काठमाडौँको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।

शाह विमानस्थलबाट निर्मल निवास फर्किने रुटमा सुरक्षा सतर्कता बढाइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले बताए।

शाहको आवागमन हुने दुवै विमानस्थलमा पनि सुरक्षा सतर्कता बढाइएको छ। पोखरा विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशमा कडाइ गरिएको छ।

कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार पूर्वराजा शाह पोखराबाट समिट एअरको चार्टर्ड उडानमार्फत दिउँसो साढे ३ बजे काठमाडौँ ९त्रिभुवन विमानस्थल० आइपुग्ने कार्यक्रम छ।

उनी त्रिभुवन विमानस्थलबाट निवास जाँदा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, दुर्गा प्रसाईंको समूहलगायत विभिन्नत समूहले प्रदर्शन गर्ने तयारी गरेका छन्। उनीहरूले ठूलो संख्यामा भीड जम्मा गर्ने घोषणा गरेकाले प्रहरीले सुरक्षा सतर्कता बढाएको एसपी खनालले बताए।

उपत्यका प्रहरी कार्यालयले सुरक्षाका लागि थप १४४६ जना प्रहरी थप गरेको छ। यसअघि नियमित डिउटी गर्नेबाहेक विभिन्न गण तथा गुल्मबाट थप प्रहरी झिकाइएको एसएसपी खनालले जानकारी दिए।

‘भीडभाड बढी भएर बाटोमा ट्राफिक जाम हुन सक्छ। यही भीडमा पक्ष(विपक्ष भएर झडप हुन सक्छ। भीड अनियन्त्रित भएर अप्रिय घटना हुन सक्ने, निषेधित क्षेत्र तोड्न सक्ने र भीड अनियन्त्रित भएर अवाञ्छित गतिविधि हुन सक्ने हुनसक्छ। भीड नै पक्ष(विपक्षमा गएर अनियन्त्रित भएर असहज परिस्थिति नबनोस् भनेर सुरक्षा सतर्कता बढाइएको हो’, एसएसपी खनालले भने।

विमानस्थलको गेट भएर चल्ने सवारीसाधनलाई समेत अन्य रुटबाट चलाउने तयारी ट्राफिक प्रहरीले गरेको छ। त्यहाँको अवस्था हेरेर तीनकुनेदेखि गौशालासम्मको रुटमा चल्ने सवारीसाधनलाई बागमती किनारको रुटमा लगाउने तयारी रहेको ट्राफिक प्रहरी प्रमुख विनोद घिमिरेले बताए।

‘अहिले नै त्यो अवस्था छैन। भीडभाड जम्मा हुन थालेका छन्। अवस्था हेरेर निर्णय गर्छौँ’, घिमिरेले भने।

यस्तै सशस्त्र प्रहरी पनि उक्त रुटमा बाक्लो रूपमा परिचालन गरिएको छ। दुवै प्रहरीले थप रिजर्भ फोर्ससमेत तयारी अवस्थामा राखेका छन्।

तर बाहिर हल्ला भएजस्तो अवस्था भने नरहेको दुवै प्रहरीको आकलन छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com