काठमाडौं २२ फागुन । पाल्पाको रिब्दीकोट गाउँपालिका १ र २ को सिमानामा पर्ने संसारकोट डाँडाको जङ्गलमा अस्ति मङ्गलवार दिउँसोदेखि लागेको डढेलो अझै निभाउन सकिएको छैन ।
अधिक पातपतिङ्गर र लगातारको हुरीका कारण आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । डढेलोका कारण झन्डै एक सय ७० हेक्टरमा फैलिएका चार वटा सामुदायिक वनमा क्षति भएको छ ।
डिभिजन वन कार्यालयका अनुसार देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा क्षति भएको हो । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयवासी लागिपरेका छन् ।








प्रतिक्रिया दिनुहोस्