ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईएमई ग्रुपको २ अर्ब लगानीमा नेपालकै ठूलो कागज उद्योग सञ्चालनमा


एबीसी न्यूज

काठमाडौं २२ फागुन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आईएमई ग्रुपको लगानीमा रहेको नेपालकै ठूलो कागज उद्योग सञ्चालनमा आएको छ। महोत्तरीको गौशाला नगरपालिका १ स्थित रामनगरमा रहेको उद्योग आज बिहीबारबाट पूर्णरुपमा सञ्चालनमा आएको हो।

विशेष गरी वित्तीय, पर्यटन, अटोमोबाइल, सूचना प्रविधि र उर्जा क्षेत्रमा संलग्न रहेको आईएमई ग्रुपले कागज कारखाना सञ्चालन गरेको हो।

नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालिले सञ्चालनमा ल्याएको कागज कारखानामा आईएमई ग्रुपको २ अर्ब बढी लगानी रहेको छ।

२०७८ मा शिलान्यास भएको यो उद्योगले निर्माण प्रक्रिया सकेर २०८१ पुसदेखि परीक्षण उत्पादन गर्दै आइरहेको थियो। आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले उद्योगले आयात प्रतिस्थापन गर्दै स्वदेशमै ठूलो रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको बताए।

नेपालमा वार्षिक झन्डै डेढ लाख मेट्रिक टन कागज खपत भइरहेको तथ्यांक छ। नेपालमा कागज उद्योग नहुँदा अहिले सबै कामका लागि आवश्यक कागज आयात गर्नुपर्ने अवस्था रहेकाले निजी क्षेत्रले लगानीमा स्वदेशमै उत्पादन सुरु गर्न लागिएको उनको भनाइ छ।

उनले सरकारले अध्यादेशमार्फत निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्नेगरी कानुनमा सुधार गरेकाले पनि अहिले लगानीको वातावरण बनेको दाबी गरे। नेपालमा लगानीको वातावरण नरहेको भन्ने भाष्य चिर्न पनि कागज उद्योग महत्वपूर्ण हुने उनको दाबी छ।

‘खास गरेर कोभिड, रसिया युक्रेन र श्रीलंकाको अवस्थापछाडि आर्थिक क्षेत्रमा मन्दी आयो। त्यससँगै म उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारी लिएपछि नेपालमा लगानी गर्ने वातावरण गर्ने विषयमा आह्वान गर्न धेरै देशमा गएर एड्भोकेसी गरिरहेका छौँ, उनले भने।

नेपालमा लगानीको वातावरण छैन, अवसर छैन भन्ने भ्रम चिर्नकै लागि उद्योग सञ्चालनमा ल्याइएको ढकालको भनाइ छ।

हामी वातावरण छैन, अवसर छैन भन्नेकुरा चिर्न र नेपालमा धेरै सम्भावना छ, उत्पादनशील क्षेत्रमा लाग्न सकिन्छ भनेर वेस्टेज पेपरहरूबाट पुनस् कागज उत्पादन गर्ने गरी कागज कारखाना खोलेका छौँ,ढकालले थपे, स्थानीय मेटेरियल प्रयोग गरेर नेपालमा उत्पादन गर्नुपर्छ भन्ने उद्देश्यले कागज कारखाना आजबाट सुरु भयो।

वातावरण प्रदूषण गर्ने फोहोरलाई उपयोग गरेर कागज उत्पादन गर्न थालिएको ढकाल बताउँछन्। विद्यालय,क्याम्पसमा लेख्ने–पढ्ने कापीदेखि फोटोकपी, ट्वाइलेट र टिस्यु पेपरसम्ममा समेत नेपाल परनिर्भर अवस्थामा रहेको ढकाल बताउँछन्।

उनले नेपालको आवश्यकताको ४० प्रतिशत माग कागज यो उद्योगले पूरा गर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com