काठमाडौं २२ फागुन । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक अबको दुई हप्ताभित्रमा सदनमा पेस गर्ने बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित ‘नेपालमा प्रभावकारी सुशासनका लागि एकीकृत नदी वेसिन योजना र व्यवस्थापन’ विषयक कार्यशालामा बोल्दै सिंहले विधेयकमा केही सहमति जुटाउन बाँकी रहेको उल्लेख गर्दै अबको दुई हप्ताभित्र सदनमा पेस गर्ने बताएका हुन्।
उनले ऊर्जा विधेयकलाई समेत शेयरधनी नेपालीको हक र हित हुनेगरी ल्याउने प्रतिवद्धता व्यक्त गरे। उनले अहिलेका शासकहरुले पानीको महत्व नबुझेको कारण मानवनिर्मित तालतलैयाहरू सुक्दै गएको बताए।
‘जलस्रोत विधेयक र उर्जा विधेयक पूर्वाधार विकास समितिमा आएको छ। पहिला ऊर्जा विधेयक आयो त्यसपछि जलस्रोत विधेयक आयो । जलस्रोत विधेयकमा हामी दुईचार वटा कुराहरुमा हामी अड्किएका छौँ तर केही समयमा हामी आपसमा छलफल गरेर सबैको सल्लाह सुझावलाई लिएर छिटोभन्दा छिटो अगाडि बढाउन गइराखेका छौँ, उनले भने।








प्रतिक्रिया दिनुहोस्