काठमाडौं २० फागुन । बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा सहभागी हुन सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदलाई ह्विप जारी गरेका छन्।
फागुन २१ गते बुधबार० बस्ने बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुन हुने जानकारीसहित दुवै दलले सांसदलाई ह्विप लगाउँदै अनिवार्य उपस्थित हुन भनेका हुन्।
भूमि अध्यादेश रोकेर ५ अध्यादेश प्रतिनिधिसभामा बुधबार निर्णयार्थ पेस गरिने
सांसदलाई पठाइएको सन्देशमा भनिएको छ, फागुन २१ गते १ बजे बस्ने संसदको बैठकमा अध्यादेशहरू स्वीकृतिका लाागि प्रस्तुत हुने हुँदा बैठकमा अनिवार्य उपस्थित भई अन्तिमसम्म रहन यो ह्विप जारी गरिन्छ।
यी हुन् निर्णयार्थ पेस हुने अध्यादेश
(सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१
( आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, २०८१
( निजीकरण पहिलो संशोधन० अध्यादेश, २०८१
( आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१
( सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१








प्रतिक्रिया दिनुहोस्