ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा पक्राउ पर्नुअघिसम्म रास्वपाकै गतिविधिमा सक्रिय थिए मोहनजंग


एबीसी न्यूज

काठमाडौं १९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले पदमुक्त गरेको बताए पनि केन्द्रीय सदस्य मोहनजंग थापा अमेरिकामा हिरासतमा पर्नुअघिसम्म पार्टी गतिविधिमा सक्रिय देखिन्थे । ठगी आरोपमा पेन्सिलभेनिया राज्यको फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस कस्टम एन्ड बोर्डर प्रोटेक्सन सीबीपी० ले फागुन ५ मा उनलाई पक्राउ गरेको थियो ।

पक्राउबारे समाचार सार्वजनिक भएपछि रास्वपाले उनी पार्टीबाट कारबाहीमा परेको र पार्टी गतिविधिमा संग्लन नरहेको बताउँदै आएको छ ।

कार्यवाहक प्रवक्ता मनीष झाले केन्द्रीय सदस्य थापाले पार्टीमा निवेदन दिएर नै केन्द्रीय समिति सदस्यको जिम्मेवारीबाट बाहिर रहने जानकारी गराएको दाबी गरे ।

‘मोहन थापाले यसअगावै नै आफूले केही व्यक्तिगत कानुनी प्रक्रिया स्पष्ट र समाधान गर्नुछ र सो किनारा नलागेसम्म आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन भनेर निवेदन दिएर जानुभएको थियो,’ झाले भने । झाले यस्तो दाबी गरे पनि अमेरिका जानुअघि १६ फेब्रुअरीमा कतारमा आयोजित प्रवास नेपाली सम्पर्क विभागको कार्यक्रममा थापा पार्टीकै प्रतिनिधिका रुपमा सहभागी थिए ।

रास्वपाका एक केन्द्रीय सदस्यका अनुसार उनी पार्टीको बैठकमा सहभागी हुँदै आएका थिए । ती केन्द्रीय सदस्यले भने, ‘बेलाबखत बैठकमा एकछिन बसेर निस्कन्थे । तर उनलाई औपचारिक रुपमा केन्द्रीय सदस्यमा ल्याएको जानकारी छैन ।’ ती केन्द्रीय सदस्यका अनुसार कतार जानुअघि उनी म्याग्दीमा आयोजित पार्टीको जिल्ला भेलामा पनि सहभागी थिए ।

मेरिल्यान्ड राज्यको बाल्टिमोर बस्दै आएका थापा १६ फेब्रुअरीमा नेपालबाट अमेरिका फर्किएका थिए । ग्रिनकार्ड प्राप्त गरेर अमेरिका बस्दै आएका उनलाई सीबीपीले पक्राउ गरेर यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट ९आईस० को जिम्मा लगाएको थियो । उनलाई फिलाडेल्फिया फेडरल डिटेक्सन सेन्टरमा राखिएको छ । कानुनी प्रक्रिया पूरा गरेर अमेरिका बस्दै आएका आप्रवासी आपराधिक गतिविधिमा संलग्न भेटिएमा यस्तो सेन्टरमा राख्ने गरिन्छ ।

थापा २०८० मा केन्द्रीय सदस्यबाट निलम्बनमा परेका थिए । रास्वपाका तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बनाउन पार्टीलाई पैसा बुझाउनुपरेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग ३ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएसँगै उनलाई पार्टीले सांसद पदबाट पदमुक्त गरेको थियो ।

श्रेष्ठले सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै आफूलाई मन्त्री बनाउने प्रलोभन दिँदै पार्टीका केन्द्रीय सदस्य थापाले पैसा मागेको आरोप लगाएका थिए । रास्वपाका तत्कालीन सांसद श्रेष्ठलाई आर्थिक लेनदेनमा निलम्बन गर्दै कारबाही गरेका बेला थापा पनि निलम्बनमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com