ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केयूमा उपकुलपति सिफारिसको माग गर्दै प्राध्यापक संघ आन्दोलनमा


एबीसी न्यूज

काठमाडौं १९ फागुन । काठमाडौँ विश्व विद्यालय केयूका प्राध्यापकले उपकुलपति सिफारिसको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

उपकुलपति सिफारिसमा गैरप्राज्ञिक गतिविधि बढेको भन्दै केयू प्राध्यापक संघले एक साताको लागि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

यसअघि तीन दिन भित्र उपकुलपतिको नाम सिफारिस गर्न अल्टिमेटम दिएको संघले सो समयसम्म नाम सिफारिस नभएपछि आन्दोलनको घोषणा गरेको हो।

संघका अध्यक्ष डा।विकास अधिकारी र महासचिव तेजेशमान शाक्यले जारी गरेको संयुक्त विज्ञप्तिमा पहिलो चरणमा सात दिनका लागि शान्तिपूर्ण दबाबका कार्यक्रमसहित आन्दोलनका कार्यक्रम घोषणा गरिएको उल्लेख छ।

त्यस अवधिभित्र पनि नयाँ उपकुलपति नियुक्त नभए संघ दोस्रो चरणको आन्दोलनमा उत्रने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ।

उपकुलपति छनोट समितिले यही फागुन २ र ३ मा उपकुलपतिका लागि आवेदन दिएका २० जनामध्य सर्टलिस्टमा परेका १० जनाको अन्तर्वार्ता र प्रस्तुतीकरण भएको थियो। तर समितिका सदस्यहरूबीच सहमति नहुँदा अझै नाम सिफारिस हुन सकेको छैन।

समितिमा केयूका पूर्व उपकुलपति सुरेशराज शर्मा संयोजक, अर्जुन कार्की र पूर्व सचिव जनार्दन नेपाल सदस्य छन्।

सभापति अधिकारी र महासचिव शाक्यले आइतबार जारी गरेको विज्ञप्तिमा पहिलो चरणको आन्दोलनको क्रममा प्रधानमन्त्री, शिक्षामन्त्री, सिनेट, उपकुलपति छनोट समिति लगायतलाई ज्ञापनपत्र बुझाउने र त्यतिन्जेलसम्म पनि माग पूरा नभए दोस्रो चरणको आन्दोनल घोषणा गरिने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com