काठमाडौं १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र विश्वकप विजेता इटालियन गोलकिपर जियानजुइजी बुफोनबीच भेट भएको छ ।
राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भइरहेको तेस्रो केपी ओली कप फुटबल च्याम्पियनशिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रूपमा नेपाल आएका बुफोनले आज प्रधानमन्त्री ओलीसँग प्रधानमन्त्री निवास बालुवाटरमा भेट गरेका हुन् ।
भेटका अवसरमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का अध्यक्ष पङ्कज राई, राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबे, बुफोनका परिवारका सदस्यलगायत सहभागी थिए ।
यही फागुन ११ गतेदेखि शुरू भएको प्रतियोगिताको उपाधिका लागि आज बेलुकी त्रिपुरेश्वरको दशरथ रङ्गशालामा त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लब खेल्दैछन् । प्रतियोगितामा २ विदेशीसहित ९ वटा टोली सहभागी थिए ।
प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।








प्रतिक्रिया दिनुहोस्