काठमाडौं १८ पागुन । माओवादी अध्यक्ष प्रचण्डले पुराना पार्टीको रोगमा आफ्नो पार्टीमा पनि लागेको बताएका छन् । जनतासँग माओवादी, तराई मधेश जागरण अभियानुअन्तर्गत धनुषाको हंसपुर नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै दाहालले पुराना दलको सहकार्यले उनीहरूभित्रको रोग माओवादीमा पनि संक्रमण भएको बताएका हुन् । उक्त रोगको उपचार खोज्न माओवादी अहिले जनताबीचमा गएको पनि उनको भनाइ छ ।
माओवादीप्रति विश्वास गरेका लाखौं जनताको विश्वास कायम राख्न नसक्नु पार्टीको कमजोरी भएको पनि अध्यक्ष प्रचण्डले बताए । आफ्ना कमीकमजोरी सच्याएर जनतातिर फर्कन केन्द्रीय समिति बैठकले दिएको निर्देशनअनुसार पार्टीको सन्देश बोकेर यो अभियान थालिएको उनको भनाइ छ ।
हुलाकी मार्ग वरिपरि सबैभन्दा धेरै उत्पीडित वर्ग र समुदायको बसोबास रहेकाले समुदायभित्रै छिरेर जनताको मनको कुरा नजिकबाट बुझ्ने कोसिस गरिरहेको पनि उनले बताए ।








प्रतिक्रिया दिनुहोस्