ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाजरकोट भूकम्प प्रभावित जिल्लामा ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा


एबीसी न्यूज

काठमाडौं १८ पागुन । जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरूमा हालसम्म ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा भएको छ ।

आइतबार राष्ट्रिय सभामा बोल्दै गृहमन्त्री रमेश लेखकले रुकुम र जाजरकोट जिल्लामा जिल्ला विपद् व्यवस्थापन समितिबाट सिफारिस भएर आएका भूकम्प प्रभावितका लागि प्रथम र दोस्रो किस्ताको रकम पठाइसकिएको बताएका हुन् ।
२०८१ माघ महिनामा मात्रै भूकम्प प्रभावितहरूका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट ८० करोड निकासा भएको उनले जानकारी दिए ।

जाजरकोट भूकम्पको विस्तृत क्षति आँकलनको कार्य फागुन महिनाबाट सुरु भैसकेको पनि उनले बताए । फिल्डमा खटिने प्राविधिकहरुको तालिम सम्पन्न भैसकेको बताए ।
पश्चिम नेपाल भूकम्पको पुनर्निर्माणका लागि सहयोग पुर्‍याउन बझाङ, अछाम र जाजरकोटमा फिल्ड अफिस खोल्नका लागि अस्थायी दरवन्दी सिर्जना गरी फागुन महिनाभित्रै फिल्ड अफिस खोलिने उनले प्रतिवद्धता जनाए ।

२०८० साल कार्तिक १७ गते राती जाजरकोट केन्द्र बिन्दु भएर गएको भुकम्पबाट ठुलो जनधनको क्षती भएको थियो ।

२०७९ कार्तिक २३ गते डोटी, २०८० असोज १६ गते बझाङमा पनि भूकम्प गएको थियो । डोटी भूकम्पको लाभग्राहीसँग सम्झौता सुरु भैसकेको गृहमन्त्री लेखकले बताए । उनका अनुसार करिब ५८३ परिवारसँग सम्झौता सम्पन्न भैसकेको छ । सम्झौताको आधारमा रकम निकासाको प्रकृया अगाडी बढेको छ ।

यसबीचमा राहत र पुनस्र्थापनाका कार्यहरु भएका भएपनि जुन गतिमा हुनुपर्ने थियो त्यो हुन नसकेको यथार्थ भएको गृहमन्त्री लेखकले बताए ।

‘म गृह मन्त्रीको रुपमा आईसकेपछि यो प्रक्रियालाई अगाडि बढाउने कार्य प्राथमिकतामा राखी कार्य गरिरहेको छु’ उनले भने ।

अस्थायी आवास सम्बन्धी कार्यविधिमा परिवार संख्याका हकमा आवासको क्षतीको हकमा परिवार संख्यालाई आधार नलिई विपद्का वखत एउटै आवासमा बसोबास गरिआएका जतिसुकै परिवार संख्या भएपनि ती सबैलाई एउटै परिवार मानी एउटा अस्थायी आवास लाभग्राही कायम गराउने व्यवस्था गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com