ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीले फागुन २३ गते कर्णाली प्रदेशसभामा विशेष सम्बोधन गर्ने


एबीसी न्यूज

काठमाडौं १८ पागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशसभा बैठकमा विशेष सम्बोधन गर्ने भएका छन् । फागुन २३ गते बस्ने प्रदेश सभा बैठकमा उनले विशेष सम्बोधन गर्ने निश्चित भएको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बताए ।

मुख्यमन्त्री कँडेलले आइतबार प्रधानमन्त्री ओलीलाई भेटेर यससम्बन्धी पत्र हस्तान्तरण समेत छन् । काठमाडौँमा प्रधानमन्त्री ओलीलाई भेटेर मुख्यमन्त्री कँडेलले विशेष सम्बोधनका लागि निम्ता पत्र समेत हस्तान्तरण गरेका हुन् ।

मध्य पश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन सुर्खेत आउन लागेका प्रधानमन्त्री ओलीले सोही क्रममा प्रदेशसभाको बैठकलाई पनि सम्बोधन गर्ने गरी प्रदेश सरकारले निमन्त्रण गरेको हो ।

कर्णाली प्रदेशसभा नियमावली, २०८१ को नियम २२९ को उपनियम ९२० बमोजिम नेपालको राष्ट्रपति, उपराष्ट्र, प्रधानमन्त्री, प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले सम्बोधन गर्न पाउने व्यवस्था रहेको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

‘पाँच शीर्ष पदमा आसीन सम्माननीय व्यक्तित्वहरूले प्रदेश सभामा सम्बोधन गर्न चाहेमा प्रदेश सभामुखज्यूले अनुमति दिन सक्ने नियमावलीमै व्यवस्था गरिएको छ,’ सचिव बुढाथोकीले अनलाइनखबरसँग भने ।

प्रधानमन्त्रीको विशेष सम्बोधनका लागि कर्णाली प्रदेश सरकारले भने सभालाई अझै पत्र पठाइ नसकेको सचिव बुढाथोकीले बताए । ‘प्रधानमन्त्रीको विशेष सम्बोधन हुने भएपछि सोही अनुसारको सभा व्यवस्थापनका लागि प्रदेश सरकारले आधिकारिक पत्र सभालाई पठाउँछ,’ उनले भने, ‘त्यो पत्र अझै सभालाई त आएको छैन । एक दुुई दिनमा आउँछ होला ।’

प्रदेश सभाको पहिलो कार्यकालमा तत्कालीन राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद लिमिल्सेनाले प्रदेश सभामा विशेष सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com