ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यादेश अघि बढाउन सत्तापक्षकै बीचमा सहमतिको प्रयास गरिने


एबीसी न्यूज

काठमाडौं १८ पागुन । अध्यादेश अघि बढाउन सत्तापक्षकै बीचमा सहमतिको प्रयास गरिने भएको छ ।

आइतबार पार्टी कार्यालय च्यासलमा बसेको सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको पार्टीको सचिवालय बैठकमा अध्यादेश अगाडि बढाउने उपायबारे छलफल भएको थियो । छलफलपछि एमाले महासचिव शंकर पोखरेलले अध्यादेश अघि बढाउन सत्तापक्षकै बिचमा सहमतिको प्रयास गरिने बताए ।

अध्यादेश अगाडि बढाउने उपायका सम्बन्धमा पत्रकारले महासचिव पोखरेललाई प्रश्न गरेका थिए । उनले जवाफ दिए, ‘सहज वातावरणमा कसरी अगाडि बढ्नुपर्दछ भन्ने कुराका बारेमा छलफल गर्दछौं । कम्तिमा सत्तापक्षका बीचमा सहमति कायम गरेर अगाडि बढ्ने कोसिस गर्दछौं ।’

सत्तापक्षमा रहेको जनता समाजवादी पार्टी ९जसपा० नेपालले सरकारले ल्याएका विभिन्न ६ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने सर्त राखेको छ । भूमि सम्बन्धी अध्यादेश फिर्ता नलिए अन्य बाँकी पाँच वटा अध्यादेश समेत अगाडि बढाउन सहयोग नगर्ने जसपा नेपालको सर्त छ ।

सरकारमै सहभागी लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले समेत भूमि सम्बन्धी अध्यादेश अगाडि बढाउन नसकिने निर्णय गरेको छ । सत्तापक्षमै रहेको जसपा नेपाल र लोसपाको निर्णयका कारण सरकारले राष्ट्रिय सभामा अध्यादेश अगाडि बढाउन सामान्य बहुमत समेत जुटाउन सकिरहेको छैन ।

यो विषयमा सरकारको नेतृत्वकर्ता दल एमालेको सचिवलाय बैठकमा छलफल भएको छ । छलफलपछि नेताहरूले फेरि पनि अध्यादेश अघि बढाउन सत्तापक्षकैबीचमा सहमतिको प्रयास गर्नुपर्ने निष्कर्ष निकालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com