ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बबरमहलमा खानेपानीको पाइप फुटाउने कम्पनीलाई ३० लाख जरिवाना तिराइने


एबीसी न्यूज

काठमाडौं १८ पागुन । बबरमहलमा खानेपानीको पाइप फुटाउने कम्पनीले जरिवाना तिर्ने भएको छ। विद्युतीय संरचना अन्डरग्राउन्ड गर्ने क्रममा मेसिनले पाइप फुटाएकै कम्पनीले जरिवाना तिर्ने भएको हो।

माघ ३० गते विद्युत् तार अन्डरग्राउन्ड गर्ने ठेक्का पाएको कम्पनीले ड्रिलिङ गर्ने क्रममा मेसिनले मेलम्ची खानेपानी पाइप छेडिएको थियो। त्योसँगै बबरमहलका वन परिसरका कार्यालयदेखि स्थानीयका घरमा समेत पानी पसेको थियो।

‘निर्माण कम्पनीसँग समझदारी भइसकेको छ। सडक हामीले नै बनाउँदै छौँ, खर्च निर्माण व्यवसायीले व्यहोर्छ’, सडक डिभिजन कार्यालय काठमाडौंका सूचना अधिकारी महानन्द जोशीले भने, ‘अहिले ३० लाख रुपैयाँ लाग्ने अनुमान छ।’

ठूलो पानी आउँदा पाइपसँगै सडक खोलेर बढी क्षति पुर्‍याएको थियो। सडक डिभिजन कार्यालय काठमाडौंले सडक पुरेर लेभल मिलाइसकेको छ। अब कालोपत्रे गर्न बाँकी छ।

‘तत्काल कालोपत्रे गर्दा सडक भासिने सम्भावना भएकाले केही दिन गाडी कुदाएर मात्रै कालोपत्रे गर्ने कुरा भएको छ’, जोशीले भने।

निर्माण कम्पनी केईआईले सडक डिभिजन कार्यालय काठमाडौंलाई रकम बुझाउने छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रबन्धक प्रकाशकुमार राईले मेलम्ची परियोजनामा इन्स्योरेन्स समेत गरेकाले मर्मतको खर्च कसरी उठाउने भन्ने विषयमा छलफलकै चरणमा रहेको जनाए।

‘फुटेको पाइप मर्मत भइरहेको छ। इन्स्योरेन्स दाबी गर्ने वा अन्डरग्राउन्ड गर्ने कम्पनीसँग खर्च दाबी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ’, राईले भने।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com