ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मौसममा पूर्ण सुधार, अब तत्काल पानी नपर्ने


एबीसी न्यूज

काठमाडौं १८ फागुन । आजदेखि मौसममा पूर्ण सुधार आएको छ । काठमाण्डौ उपत्यकासहित देशका सबैजसो ठाउँमा घाम लागेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । अब तत्काल पानी पर्ने सम्भावना पनि नरहेको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

प्रि–मनसुन शुरू भइसकेकाले अबका दिनमा हावाहुरी र चट्याङको जोखिम हुन्छ । घरको छानालाई सुरक्षित बनाउन, चट्याङको जोखिमबाट जोगिने उपायहरु अपनाउन पनि उहाँको सुझाव छ ।

हिउँद सुक्खा भएर बित्नै आँटेका बेला गएको तीन दिन देशका धेरै ठाउँमा वर्षा र हिमपात भयो । पहाडका त धेरैजसो ठाउँमा नै पानी पर्यो । त्यस्तै उच्च क्षेत्रमा हिमपात हुँदा किसान उत्साहित भएका छन् ।

यो हिउँदमा लामो समयसम्म पानी नपर्दा खडेरीले हिउँदे बाली सुक्न लागेका थिए । वर्षा र हिमपात भएका ठाउँमा विशेषगरी गहुँ, जौ, उवालगायतका अन्नबाली, तरकारीरफलफूललाई थोरै भए पनि राहत पुगेको कृषि विज्ञ बताउँछन् ।

ढिलोगरी वर्षासँगै भएको हिमपातले आकाशे पानीको पर्खाइमा रहेका किसान पनि खुशी भएका छन् । जहाँ सिँचाइको अभाव छ, ती क्षेत्रमा राहत पुगेको छ ।

स्याउ र ओखरका बिरुवा रोप्न हिमपातका कारण सहज भएको कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी दीपकसिंह धामीले बताउनुभयो ।

त्यस्तै अहिले चैते धानबाली, वसन्ते मकैजस्ता बालीको पनि तयारी गर्ने बेला हो । नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालका अनुसार वर्षा र हिमपातले जमिन भिजेको हुँदा थोरै भए पनि किसानलाई राहत भएको छ । अब जमिन चिसो भएकाले वसन्ते मकै, तरकारी र फलफूलको तयारी गर्न उहाँको सल्लाह छ ।

तत्काल पानी पर्ने सम्भावना नरहेकाले यही चिस्यानको सदुपयोग गर्न उहाँको सुझाव छ । पछिसम्म सिँचाइ आवश्यक पर्ने हिमाली क्षेत्रका किसानले हिउँ सङ्कलन गरी राख्न सक्ने केन्द्रका प्राविधिक अधिकृत रिमालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com