काठमाडौं १७ फागुन । काठमाण्डौ उपत्यकाभित्रको बिजुली आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन ६ वटा सबस्टेशन निर्माणाधीन छन् । नेपाल विद्युत् प्राधिकरणले उपत्यकाभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि काठमाण्डौ र भक्तपुरका विभिन्न ठाउँमा १३२र११ केभीका ६ वटा सबस्टेशन निर्माण गरिरहेको छ ।
यसमध्ये काठमाण्डौको टेकु सबस्टेशन सञ्चालनमा आइसकेको छ । फुटुङ र मूलपानी सबस्टेशन अन्तिम चरणमा छन् । दुवै सबस्टेशनलाई दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी अन्तिम चरणका कामहरू भइरहेका छन् । भक्तपुरको चाँगुनारायण सबस्टेशन निर्माण सम्पन्न भइसकेको छ । सबस्टेशनलाई सञ्चालन ९चार्ज० मा ल्याउन मात्र बाँकी रहेको छ । चोभार सबस्टेशन आउँदो असारभित्र र भक्तपुरको ठिमी सबस्टेशन आठ महिनाभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेका छन् ।
प्रत्येक सबस्टेशनको क्षमता ९०र९० एमभीए रहेको छ । सबस्टेशन निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि काठमाण्डौ उपत्यकामा थप झन्डै पाँच सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पूर्वाधार तयार हुने छ । अहिले काठमाण्डौ उपत्यकाको बिजुली माग पाँच सय मेगावाटको हाराहारीमा छ ।
भविष्यमा वृद्धि हुन सक्ने बिजुलीको सम्भावित मागलाई सम्बोधन गर्न प्राधिकरणले सन् २०५० को समयसीमा निर्धारण गरी काठमाण्डौ उपत्यकाका प्रमुख क्षेत्रहरूमा चरबद्ध रूपमा प्रसारण तथा वितरण पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढाएको छ । सन् २०५० सम्ममा काठमाण्डौ उपत्यकाको बिजुलीको उच्चतम माग तीन हजार एक सय मेगावाट पुग्ने प्रक्षेपण गरी प्राधिकरणले २२०, १३२, ३३ र ११ केभी तहका २० वटा नयाँ सबस्टेशन निर्माण प्रक्रिया अगाडि बढाएको हो ।
सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहण भइसकेको छ । २२० केभी प्रसारण संरचनाले काठमाण्डौ उपत्यकाको बाहिरी परिधिलाई घेर्ने गरी २२० केभीको रिङ निर्माण गर्न सर्वेक्षणलगायतका पूर्वतयारीका काम सम्पन्न भइसकेका छन् ।
तामाकोशी र सुनकोशी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाहरूको बिजुली काठमाण्डौ उपत्यकामा आपूर्तिका लागि ४००र२२०, २२०र१३२ र १३२र११ केभी तहको लप्सीफेदी सबस्टेशन निर्माणाधीन छ ।
काठमाण्डौ उपत्यकाको बिजुली आपूर्तिलाई भरपर्दो गुणस्तरीय र आधुनिक बनाउन नयाँ सबस्टेशन निर्माण, सञ्चालनमा रहेका सबस्टेशनलाई स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्ने लगायतका आयोजनाहरू सञ्चालित छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रवार निर्माणाधीन सबस्टेशनको अनुगमन गरी काठमाण्डौ उपत्यकाभित्रको बिजुलीको बढ्दो माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन निर्माणलाई जतिसक्दो छिट्टो सम्पन्न गर्न आग्रह गर्नुभयो । निर्माणाधीन सबै सबस्टेशन सञ्चालनमा आएपछि काठमाण्डौको बिजुलीको माग र आपूर्ति व्यवस्थापनमा धेरै सहज भई आपूर्ति थप भरपर्दो एवम् गुणस्तरीय हुने उहाँले उल्लेख गर्नुभयो ।
काठमाण्डौको दक्षिण–पूर्वी क्षेत्रको बिजुली आपूर्ति सुधारका लागि कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानीमा १३२र११ केभी सबस्टेशन निर्माण अन्तिम चरणमा छ । चपली–भक्तपुर १३२ केभी प्रसारण लाइनलाई मूलपानी सबस्टेशनमा छिराएर बिजुली आपूर्ति दिइने छ । यो सबस्टेशनबाट जडीबुटी, पेप्सीकोला, काँडाघाँरी, गोठाटार, मूलपानी, जोरपाटी, साँघु, ठिमीलगायतका क्षेत्रमा बिजुली आपूर्तिका लागि ११ केभीका आठ वटा फिडर निकालिएको छ । सबस्टेशन चैतभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।
फुटुङमा १३२र११ केभीको नयाँ सबस्टेशन निर्माण अन्तिम चरणमा छ । बालाजु–चपली १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई फुटुङ सबस्टेशनमा ुट्यापिङु गरी त्यस क्षेत्रमा बिजुली आपूर्ति गरिने छ । दुई महिनाभित्र यो सबस्टेशन सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । यो सबस्टेशन सञ्चालन आएपछि बालाजु, नेपालटार, गोलढुङ्गालगायतका क्षेत्रको बिजुली आपूर्ति थप सुधार हुनेछ ।
काठमाण्डौ उपत्यकाको बिजुली आपूर्तिमा सुधार गर्न महत्त्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन अन्तर्गत ललितपुरको खोकना, बुङ्गमती, हरिसिद्धी र लामाटार क्षेत्रमा निर्माणमा अवरोध भएपछि काठमाण्डौको चोभारमा १३२र११ केभी सबस्टेशन निर्माण गरिएको छ । यो सबस्टेशनमा मातातीर्थ सबस्टेशनबाट बिजुली आपूर्ति दिइनेछ । यो सबस्टेशन आउँदो असारभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ ।
चोभारमा सबस्टेशनबाट चक्रपथ हुँदै १३२ केभी भूमिगत लाइन बनाउँदै ललितपुरको लगनखेल सबस्टेशनमा पुर्याइने छ । लगनखेल सबस्टेशनलाई सुदृढीकरण गरी १३२ केभी बनाइँदै छ । त्यसपछि आउँदा दिनमा त्यहाँबाट भूमिगत रूपमा चापागाउँ र हरिसिद्धीमा लाइन लगिने छ ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी, एशियाली विकास बैंक ९एडीबी०, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा प्रसारण तथा वितरण प्रणाली सुधार अगाडि बढाइएको हो ।








प्रतिक्रिया दिनुहोस्