ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महोत्तरीको बर्दिबासका पाँच वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन


एबीसी न्यूज

काठमाडौं १७ फागुन । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरीको बर्दिबासका पाँच वटा अस्पताल बन्द गर्न निर्देशन दिनुभएको छ । हिजो अनुमगन गरेका आठ वटा अस्पतालमध्ये कानून विपरित सञ्चालनमा रहेका पाँच वटा अस्पातल बन्द गर्न निर्देशन दिनुभएको मन्त्रालयका स्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरले जानकारी दिनुभयो ।

बन्द गरिएकोमा बर्दिवास वडा नम्बर १ मा सञ्चालित पिनाकल हस्पिटल, ओम समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर, सुरक्षा अर्थेपेडिक एण्ड क्लिनिक प्रा।लि र खोमुसरा डेन्टल क्लिनिक प्रा।लि रहेका छन् । झन्डै एक महिना अघि मुस्कान अस्पतालमा पत्थरीको सल्याक्रिया गरेका बिरामीको २० दिनसम्म पनी होस नआएको घटना बाहिरीएपछि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशमा सञ्चालित स्वास्थ्य संस्थाहरुको अनुगमनलाई तिब्र पार्नुभएको हो ।

अहिलेसम्म ५९ वटा अस्पताल तथा स्वास्थ्य संस्थाहरुको अनुगमन गरेकोमा २२ वटा स्वास्थ्य संस्थाहरु बिना अनुमति सञ्चालनमा रहेको पाइएको छ । मुख्यमन्त्री सिंहले ती अस्पताललाई बन्द गर्न निर्देशन दिनुभएको छ । यस्तै नकिरण नगरेका २२ वटा अस्पतालले कागजात पूरा गर्न दुई महिनाको समय पाएका स्वास्थ्य अधिकृत ठाकुरले बताउनुभयो ।

मुख्यमन्त्री सिंहसँगै प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सत्रुधन प्रसाद सिंह पनि अनुगमनमै जानुभएको छ । अनुगमनका क्रममा अस्पतालको आकस्मिक कक्षमा २४ सै घण्टा रहनुपर्ने स्वास्थ्यकर्मी नरहेको, सरसफाइको अवस्था राम्रो नभएको, झन्डै १२ जना फार्मेसिस्टहरु सरकारी मापदण्ड पूरा नगरी काम गर्ने गरेको पाइएको अधिकृत ठाकुरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com