ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यादेशबारे छलफल गर्न जसपा नेपालले बोलायो केन्द्रीय समिति बैठक


एबीसी न्यूज

काठमाडौं १५ फागुन । अध्यादेशबारे छलफल गर्न जनता समाजवादी पार्टी ९जसपा० नेपालले बोलायो केन्द्रीय समिति बैठक बोलाएको छ ।

जसपा नेपालका नेता प्रकाश अधिकारीका अनुसार केन्द्रीय समिति बैठक यही फागुन फागुन १८, १९ र २० गते बस्ने तय भएको छ ।

‘मुख्यतः अध्यादेशकै विषय हो । अध्यादेशमा आएका विषय कार्यदल बनाएर पनि हेरेका छौं । केही विषयमा केन्द्रीय समितिमा समेत छलफल हुनुपर्ने देखिएकाले बैठक बोलाइएको हो’ अधिकारीले अनलाइनखबरसँग भने ।

उनका अनुसार केन्द्रीय समितिको बैठक ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्नेछ ।

सरकारले संसद अधिवेशन नरहेका बेला विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । ति अध्यादेशमा रहेका विषयवस्तुबारे जसपा नेपालले उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएर अध्ययन गरेको थियो । अध्ययनको आधारमा जसपा नेपालको संसदीय दलको बैठकले भूमि सम्बन्धी अध्यादेश अगाडि बढाउन सहयोग नगर्ने निर्णय गरेको छ ।

भूमि सम्बन्धी अध्यादेश फिर्ता लिए बाँकी पाँच वटा अध्यादेश अगाडि बढाउने सम्बन्धमा सकारात्मक हुने जसपा नेपालका नेताहरू बताउँछन् । जसपा नेपालको यो सर्तले सरकारले कुनै पनि अध्यादेश संसदीय प्रक्रियामा अगाडि बढाउन सकिरहेको छैन ।

यही बेला जसपा नेपालले केन्द्रीय समितिको बैठक नै राखेर अध्यादेशबारे थप छलफल गर्न लागेको हो ।

केन्द्रीय समितिको बैठकमा अध्यादेशका अलावा सामसामयिक राजनीतिबारे समेत छलफल हुनेछ । यसअघि जसपा नेपालले ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ चलाएको थियो । उक्त अभियानको समीक्षा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि लामिछानेको मुद्दा फिर्ता गर्ने तयारी आरोप, फाइल जफतको माग गर्दै अख्तियारमा उजुरी

सभापतिमा गगनको एकल उम्मेदवारी, महामन्त्रीमा को–को छन् ?

सम्बन्धित

रवि लामिछानेको मुद्दा फिर्ता गर्ने तयारी आरोप, फाइल जफतको माग गर्दै अख्तियारमा उजुरी

सभापतिमा गगनको एकल उम्मेदवारी, महामन्त्रीमा को–को छन् ?

इरानको प्रदर्शनमा मृतक संख्या २ देखि २० हजारसम्मका फरक आँकडा सार्वजनिक

पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ–पूर्णबहादुर खड्का

थाइल्याण्डमा रेल दुर्घटना : क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु, ५५ घाइते

रविले महान्यायाधिवक्ता कार्यालयमा मुद्दा फिर्ताको माग गर्दै निवेदन दिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com