काठमाडौं ३० पुस । इरानमा जारी सरकारीविरोधी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या यकिन हुन सकेको छैन। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र मानव अधिकार संस्थाहरूले फरक–फरक मृतक संख्या सार्वजनिक गरेपछि वास्तविक अवस्था अझै स्पष्ट हुन सकेको छैन।
समाचार संस्था रोयटर्स र विभिन्न मानव अधिकार संगठनहरूले प्रदर्शनमा मृत्यु हुनेको संख्या २ हजारदेखि ५ हजारको बीचमा रहेको अनुमान गरेका छन्। तर बीबीसी सम्बद्ध सीबीएस न्युजले मृतक संख्या १२ हजार पुगिसकेको दाबी गरेको छ।
सीबीएस न्युजले इरानभित्र र बाहिरका स्रोतलाई उद्धृत गर्दै मृतकको संख्या २० हजारसम्म पुग्न सक्ने सम्भावना पनि औंल्याएको छ।
उता, समाचार वेबसाइट एक्सियोसले इजरायली गुप्तचर स्रोतलाई उद्धृत गर्दै मृतकको संख्या करिब ५ हजार रहेको जनाएको छ।
इरानमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाइएको र पछिल्ला पाँच दिनदेखि इन्टरनेट बन्द गरिएकाले मृतकको वास्तविक संख्या यकिन गर्न कठिन भएको बताइएको छ।
देशमा बढ्दो महँगी र कमजोर आर्थिक अवस्थाको विरोधमा गत डिसेम्बर २८ देखि इरानभर प्रदर्शन जारी छ। प्रदर्शनका क्रममा विभिन्न स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भइरहेका छन्।








प्रतिक्रिया दिनुहोस्