काठमाडौं १३ फागुन । चालू आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै एक खर्ब चार अर्ब ७६ करोड रुपैयाँ बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास ९एलपीजी०, एभिएसन टर्वाइन फ्युल ९एटीएफ०, मट्टीतेल आयात भएको छ ।
गएको आर्थिक वर्षको सात महिनाको तुलनामा चालू आर्थिक वर्षको यही अवधिमा ८४ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात भएको हो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालू आर्थिक वर्षको पछिल्ला महिनामा पेट्रोलियम पदार्थको आयात र राजस्व दुवैमा वृद्धि भएको बताउनुभयो ।
कार्यालयका अनुसार चालू आवको सात महिनाको अवधिमा सबैखालका पेट्रोलियम पदार्थको आयातबाट ४३ अर्ब ११ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
गएको आर्थिक वर्षको यही अवधिमा सबैखालको पेट्रोलियम पदार्थको आयातबाट ३८ अर्ब ६५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
चालू आर्थिक वर्षको सात महिनामा ५१ अर्ब ७९ करोड रुपैयाँ बराबरको पाँच लाख ८१ सात सय ९९ किलोलिटर डिजेल आयातबाट २३ अर्ब १० करोड रुपैयाँ राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
त्यस्तै चालू आर्थिक वर्षको सात महिनामा २२ अर्ब १४ करोड रुपैयाँ बराबरको दुई लाख ५५ हजार पाँच सय ४२ किलोलिटर पेट्रोल आयात हुँदा १४ अर्ब ४९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
चालू आर्थिक वर्षको सात महिनाको अवधिमा २० अर्ब ९० करोड रुपैयाँ बराबरको १८ करोड २९ लाख ९४ हजार ६ सय २४ किलोग्राम एलपीजी आयात भएको छ । एलपीजी आयात हुँदा तीन अर्ब ९१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।








प्रतिक्रिया दिनुहोस्