ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रिमियर लिगमा आर्सनल र म्यानचेस्टर सिटी विजयी : सिटीका मार्मुसको ह्याट्रिक गोल


एबीसी न्यूज
फाल्गुन ४, २०८१ आईतबार  ८ : ३० बजे

काठमाडौं ४ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लेस्टर सिटीलाई हराएको छ । आर्सनलले लेस्टर सिटीलाई २–० गोलले हराएको हो । उसका मिकेल मेरिनोले खेलको दोस्रो हाफमा दुई गोल गरे । उनले खेलको ८१ र ८७ औं मिनेटमा गोल गरेका हुन् ।

तालिकाको दोस्रो स्थानमा रहेको आर्सनलको २५ खेलमा ५३ अङ्क भएको छ । पराजित लेस्टर सिटी समान २५ खेलमा १७ अंकका साथ १९ औं स्थानमा छ ।

अर्को खेलमा म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडलाई चार गोलले हरायो । उसका ओमर मार्मुसले ह्याट्रिक गोल गरे । उनले खेलको १९औं, २४औं र ३३औं मिनेटमा गोल गरेका हुन् । त्यस्तै ८४औं मिनेटमा जेम्स मेकाटीले गोल थपे । जितसँगै सिटीले २५ खेलबाट ४४ अङ्क बनाएको छ । सिटी तालिकाको चौथो स्थानमा छ । पराजित न्युकासलको समान २५ खेलमा ४१ अङ्क छ ।

अरू खेलमा वेस्ट ह्याम ब्रेन्टफोर्डसँग १–०, साउथह्याम्पटन बर्नमाउथसँग ३–१, नटिङघम फरेस्ट फुलहमसँग २–१ र क्रिस्टल प्यालेस एभर्टनसँग २–१ गोलले पराजित भएको छ । एस्टन भिला र इपस्विच टाउनले एक–एक गोलको बराबरी खेलेका छन् ।

प्रिमियर लिगमा लिभरपुल ५७ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । आज लिभरपुल र उल्भ्स तथा टोटनहम र म्यानचेस्टर युनाइटेडबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

सम्बन्धित

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

एमालेलाई जिताउन ‘आफू र आफ्ना’लाई सक्रिय बनाउन ओलीको निर्देशन

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेन–जीका मुख्य नेताले प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए हुने रहेछ भन्न थालेका छन्

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल र ४० राउन्ड गोलीसहित युवक पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com