ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं बन्यो विश्वकै प्रदूषित शहर


एबीसी न्यूज
फाल्गुन ४, २०८१ आईतबार  ७ : १२ बजे

काठमाडौं, ४ फागुन। नेपालको राजधानी काठमाडौं उपत्यका विश्वकै प्रदूषित शहर बनेको छ । वायु गुणस्तर मापन गर्ने स्वीस कम्पनी आइक्यू एअरले गरेको मापनअनुसार काठमाडौं उपत्यका शनिबार बेलुकी विश्वै प्रदूषित शहर बनेको हो ।
यतिखेर काठमाडौंको औषत वायु गुणस्तर सूचक ९एक्यूआई० १७५ छ, जुन अस्वस्थकर अवस्था हो । ललितपुरको जावलाखेलको एक्यूआई २१३ पुगेको छ । त्यहाँको वायु प्रदूषण अवस्था अति अस्वस्थकर हो ।
विश्वमा उच्च वायु प्रदूषण भएका शहरको सूचीमा काठमाडौंपछि अफ्रिकी मुलुक कङ्गोको राजधानी किन्सासा दोस्रो स्थानमा छ ।
त्यसपछि क्रमशः चीनको वुहान, चीनकै साङ्घाइ, उज्वेकिस्तानको तासकन्द, म्यानमारको याङ्गुन, भियतनामको हनोइ, भारतको दिल्ली, बङ्गलादेशको ढाका र चीनको ह्वाङ्जावोले प्रदूषणको शीर्ष १० स्थानमा रेकर्ड राखेका छन्‌ ।
काठमाडौं उपत्यकाका हकमा वर्षा गराउने मनसुनी वायु सेप्टेम्बर अन्तिम साता बङ्गालको खाडीतर्फ फर्किएपछि प्रदूषक सवारीसाधन, हावाहुरीले उडाउने धुलो र पश्चिमी चिसोरसुख्खा वायुका कारण वायुमण्डलमा प्रदूषणको तह लाग्ने गर्छ ।
मनसुन बाहिरिएर कात्तिक पहिलो सातादेखि पश्चिमी वायु सक्रिय भइ चिसो बढ्न थालेपछि वर्षा पनि कम हुन्छ । चिसो वायुको स्वभाव जहिले पनि जमिनसँग टाँसिएर बहने हुन्छ ।
चिसो भएपछि गह्रौं हुन्छ र त्यसले वायुमण्डलमा रहेको धुवाँधुलोका साना कणलाई पनि जमाएर तल्लो तहमै ल्याइपुर्‍याउँछ । पृथ्वीको सतहबाट उडेको धुवाँधुलोका कण पनि वायुमण्डलको तल्लो तहमा रहने त्यही गह्रुँगो चिसो पश्चिमी वायुमा जमेर बस्छ ।
फागुनदेखि जेठसम्म कायम रहने ग्रीष्मकालीन तातो र सुख्खा मौसम ९हट एण्ड ड्राइ समर सिजन० का बेला अघिल्ला वर्षमा नेपालको सङ्घीय राजधानी काठमाडौंको वायुस्तर बारम्बार विश्वकै सबैभन्दा प्रदूषित स्तरमा पुग्ने गरेको थियो । यसपटक माघसम्म कायम रहने शीतकाल प्रारम्भ भएको कात्तिक पहिलो सातादेखि नै नेपालका शहरको वायुस्तर अस्वस्थकर भएको हो ।

पश्चिमी वायु सक्रिय भएका बेला माघ पहिलो सातातिर केही वर्षा हुन्छ । अन्य समयमा पनि आक्कलझुक्कल वर्षा भए पनि वायुमण्डलमा रहेको प्रदूषणको तह नै निखार्नेगरी बारम्बार झरी पर्दैन ।

माघदेखि तापक्रम बढ्न थाले पनि वर्षा कम हुने हुँदा उपत्यका, तल्लो उचाइका नदी किनार तथा तराई क्षेत्रको आकाशबाट तत्कालै धुवाँ धुलोको तह हट्दैन ।

जनस्वास्थ्यविद्‌हरूका अनुसार वायु प्रदूषणले फोक्सो हुँदै स्वासप्रश्वास प्रणालीमा सबैभन्दा बढी असर पुर्‍याउँछ । यही प्रदूषणका कारण अस्वस्थ हुँदा शरीरका विभिन्न अङ्गमा एकसाथ चिसोले आक्रमण गर्छ । प्रदूषण व्याप्त हुने जाडो याममा हातखुट्टादेखि आँखा सुन्निनेसम्मका समस्या निम्तिन्छन्‌ । वायु प्रदूषणयुक्त स्थानमा बस्दा हृदयघात हुने सम्भावना गुणात्मक बढ्छ ।

यहीकारण हिउँद यामको प्रदूषित चिसो हावामा रहेको विषाक्त धुवाँधुलोका कण फोक्सोभित्र पस्न नदिन चिकित्सकहरूले मास्क अनिवार्य प्रयोग गर्न सुझाव दिने गरेका हुन्‌ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सप्तरीको चुनावी माहोल: ‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा परे — डा. सीके राउत

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

सम्बन्धित

सप्तरीको चुनावी माहोल: ‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा परे — डा. सीके राउत

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com