ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदी–ट्रम्प भेटः भारतलाई रक्षा र ऊर्जा खरिद प्राथमिकता दिन अमेरिकी दबाव


ABC News

काठमाडौं २ फागुन । भारत र अमेरिका नयाँ रक्षा सम्झौतामा पुगेका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री नरेंद्र मोदीलाई थप रक्षा उपकरण खरिद गर्नका लागि दबाब दिएएको ह्वाइट हाउसका एक सिनियर अधिकारीले बिहीबार बताएका थिए ।
‘गहिरो र उत्पादक भ्रमण’, भएको भारतीय विदेश मन्त्रालयले टिप्पणी गरेको छ ।

‘प्रधानमन्त्रीले राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा अमेरिकामा एक गहिरो र उत्पादक भ्रमण सम्पन्न गरे। यो प्रधानमन्त्रीको राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालको सपथ ग्रहण पछि पहिलो अमेरिकी भ्रमण हो। यो भ्रमण भारत–अमेरिका सम्बन्धमा दुवै नेता दुबैको प्राथमिकता जनाउने संकेत हो,’ भारतीय विदेश मन्त्रालय ले एक विज्ञप्तिमा जनाएको छ ।

VIDEO | "We missed you a lot…" US President Donald Trump (@realDonaldTrump) told PM Modi (@narendramodi) as the two met in the White House earlier today.

(Source: Third Party)#ModiInUSA pic.twitter.com/WJmqdHirtX

— Press Trust of India (@PTI_News) February 13, 2025

‘नयाँ नियुक्त राष्ट्रिय खुफिया निर्देशक, तुलसी ग्याबर्डले प्रधानमन्त्री मोदीसँग भेट गरेका थिए । ह्वाइट हाउसमा ४ घण्टासम्मको छलफलमा रणनीतिक र सुरक्षा सहकार्य, रक्षा, व्यापार र आर्थिक संलग्नता, प्रविधि, ऊर्जा सुरक्षा र जनताको बीचको सम्बन्ध, क्षेत्रीय र वैश्विक चासोका मुद्दाहरू समेटिएको थियो,’ भारतीय विदेश मन्त्रालयले भनेको छ ।
“साझेदारीको रक्षा पक्ष बलियो छ र यस प्रशासनअन्तर्गत अझ बलियो हुनेछ। हामी नयाँ रक्षा रूपरेखा हस्ताक्षर गर्नको लागि अगाडि बढिरहेका छौं। थुप्रै रक्षा उपकरणहरूको खरिदका बारेमा वार्ता भइरहेका छन् र यसले व्यापार घाटा घटाउन मद्दत पुर्याउनेछ,” सिनियर ह्वाइट हाउस अधिकारीले भने पत्रकारहरुलाई बताएका थिए ।

अमेरिकी संचार माध्यमहरुका अनुसार अमेरिकाले “भारतसँग रक्षा बिक्री बढाउने र सुनिश्चित गर्ने लक्ष्य राख्नेछ, उनीहरू (भारत) अमेरिकी प्रविधिको प्रयोगलाई प्राथमिकतमा दिन्छन्।”पीएम मोदी अमेरिकी राष्ट्रपति ट्रम्पले लगातार शुल्कहरु घोषणा गरिरहेका बेला उनी ट्रम्पलाई भेट्नका लागि अमेरिकामा छन्, यो ट्रम्पले राष्ट्रपति पद सम्हालेको एक महिना पछि मोदीको पहिलो भेट भएको हो। भारतीय प्रधानमन्त्री ट्रम्पसँग द्विपक्षीय बैठक गर्ने चौथो अन्तर्राष्ट्रिय नेता बनेका छन् । यस अघि इजरायली प्रधानमन्त्री, जापानी प्रधानमन्त्री र जोर्डनका राजा अब्दुल्लाहले ट्रम्पसँग दुई पक्षीय वार्ता गरेका थिए ।

मोदीले दुई दिने भ्रमणको पहिलो दिन अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्ज, टेस्ला तथा डोज मुखिया इलोन मस्क, र व्यवसायी विवेक रामस्वामीसँग भेट गरेका थिए ।
दुई नेताले गत महिना फोनमा कुरा गर्दा अमेरिकी राष्ट्रपति ट्रम्पले मोदीसँग दुई देश बीचको “न्यायपूर्ण” व्यापार सुनिश्चित गर्ने र व्यापार घाटा घटाउने कुरा गरेका थिए । भारतले २०२३–२४ को वित्तीय वर्षमा अमेरिकी बजारमा लगभग ७७ अर्ब डलरको सामान निर्यात गरेको छ भने ४२.१ अर्ब डलरको सामान आयात गरेको छ।
ट्रम्प ऊर्जा बिक्री भारतमा बढाउनका लागि दबाब दिएको पत्रकार सम्मेलनमा नै बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com