ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरासहित यी ९ सहरमा वायु प्रदूषण उच्च ( काठमाडौं विश्वकै तेस्रो )


एबीसी न्यूज

काठमाडौं, २ फागुन । गण्डकी प्रदेश राजधानी पोखरा नेपालकै सबैभन्दा बढी प्रदूषित सहरमा लगातार ३ दिनदेखि पर्दै आएको छ । वन तथा वातावरण मन्त्रालय, वातवारण विभाग अन्तर्गतको वायु गुणस्तर निगरानीले शुक्रबार बिहान पौने ६ बजेसम्म पोखराको वायु प्रदूषण २०३ एक्यूआई मापन गरेको हो ।
विभागको तथ्यांकअनुसार यो पोखराका लागि पछिल्लो ३ दिनयताकै सबैभन्दा खराब सूचकांक हो । वायु गुणस्तर निगरानीले पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुललाई आधार मानेर वायु गुणस्तर मापन गर्दै आएको छ ।
वातावरण विभागले पोखरासहित देशका विभिन्न ९ सहरमा वायु प्रदूषण खराब स्थितिमा छ । भक्तपुर १८६ एक्यूआईसहित दोस्रो स्थानमा छ । केही दिनअघिसम्म देशकै प्रदूषित सहरको अग्रस्थानमा रहेको काठमाडौं शंखपार्क आज १८९ एक्यूआईसहित तेस्रो स्थानमा छ ।
भैंसेपाटी क्षेत्रको वायु प्रदूषण १७९, हेटौंडा १७४, रत्नपार्क १७१, खुमल्टार १६९, भरतपुर १६४, धनगढी क्षेत्रको १६२ एक्यूआई मापन गरिएको छ ।
५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ ।
वातावरण विभागका अनुसार ०.५० एक्यूआईसम्मको सूचकांक मात्रै राम्रो मानिन्छ । ५१.१०० मध्यम, १०१.१५० हुँदा अस्वस्थ, १५१.२०० अस्वस्थ, २०१.३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।
मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने भएकाले सुरक्षा अपनाउन वातावरण विभागले सूचनामार्फत जानकारी दिएको छ । ‘वायू प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तोबेला विशेष सावधानी अपनाउन अनुरोध छ’, विभागले सूचना जारी गर्दै भनेको छ ।
विश्वकै तेस्रो प्रदूषित सहर काठमाडौं
विश्वभरको तथ्यांकमा भने नेपाल समग्र तेस्रो स्थानमा छ ।
विश्वभरको मुख्य मुख्य क्षेत्रको वायु स्वच्छता जाँच्दै आएको आईक्यू एअरले यो समाचार तयार पार्दासम्म काठमाडौंको वायु प्रदूषण १७५ एक्यूआई मापन गरेको छ । पछिल्लो २४ घन्टामा नेपाल विश्वकै दोस्रो प्रदूषित सहर बनेको थियो । बिहीबार दिउँसो काठमाडौंको प्रदूषण मापन १९६ एक्यूआईसम्म गरिएको थियो ।
कंगोको किन्शासा सहर २११ एक्यूआईसहित विश्वको प्रदूषित सहरमा पहिलो नम्बरमा हुँदा दक्षिण एसियाली मुलुक पाकिस्तानको लाहोर १९९ एक्यूआईसहित दोस्रो स्थानमा छ ।.

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com