ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देवदहमा एचपिभी खोप अभियान सुरु


एबीसी न्यूज

देवदह, १ फागुन । देवदह नगरपालिकामा एच.पि.भी. (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सुरु गरिएको छ। देवदह माध्यमिक विद्यालयमा आयोजित एक विशेष कार्यक्रममा अभियानको औपचारिक शुभारम्भ गरिएको हो।
कार्यक्रममा देवदह नगरपालिका स्वास्थ्य शाखाका नर्सिङ निरीक्षक माया पुनले एच.पि.भी खोपको आवश्यकताको बारेमा जानकारी दिँदै पाठेघरको मुखको क्यान्सरबाट जोगिन यो खोप अत्यन्त प्रभावकारी रहेको बताइन्। उनले १० देखि १४ वर्ष उमेर समूहका बालिकाहरूलाई अनिवार्य रूपमा खोप लगाउनुपर्नेमा जोड दिइन्।
देवदह नगरपालिका वडा नम्बर ७ का अध्यक्ष कृष्ण प्रसाद अधिकारीले क्यान्सरको उपचार कठिन हुने भएकाले बालिका तथा महिलाहरूलाई यसबाट जोगाउन खोप अनिवार्य गर्नुपर्ने बताए। साथै, उनले अभिभावकहरूलाई खोप अभियान सफल बनाउन सक्रिय भूमिका खेल्न आग्रह गरे।
देवदह नगरपालिका स्वास्थ्य शाखाका अनुसार नगरका ३३ खोप केन्द्रमार्फत ३ हजार ४ सय ४ किशोरीलाई खोप लगाइने छ। विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरू तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप प्रदान गरिनेछ।
स्वास्थ्यकर्मीहरूका अनुसार एच.पि.भी. खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम न्यून गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। अभिभावकहरूको सहकार्यमा अभियानलाई प्रभावकारी बनाउन सबै निकायहरू जुट्नुपर्ने सरोकारवालाहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

सम्बन्धित

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

गगनलाई घोषणापत्र, विश्वलाई परिचालनको जिम्मेवारी – देउवाका पुराना सारथिहरूको ठूलो सङ्ख्या नयाँ टिममा

गगन–विश्वको अटुट युगलबन्दी: नेविसंघबाट सुरु यात्रा, विशेष महाधिवेशनसम्मको विश्वास

नेपाली कांग्रेसको नयाँ अध्याय: गगन थापाको नेतृत्वमा वैधानिकता दौड र आगामी चुनौतीहरू

कांग्रेसको वेबसाइटबाट हटाइयो गगन, विश्व र फरमुल्लाहको नाम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com