ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’


एबीसी न्यूज
माघ १, २०८२ बिहीबार   ३ : ४९   बजे

काठमाडौं, १, माघ : नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाले निर्वाचन आयोगले पार्टीको आधिकारिकता दिने भनेको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट बनेको कमिटी र नेतृत्वलाई नै हो भन्ने स्पष्ट दाबी गरेका छन्। सञ्चारकर्मीहरुसँग थापाले भने “निर्वाचन आयोगले चिन्ने, जान्ने भनेको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशन गरेको नेपाली कांग्रेस पार्टी हो।”

विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको पहिलो दिनै गगन थापा पक्षले शेरबहादुर देउवा सभापति र आफू महामन्त्री रहेको पुरानो केन्द्रीय कार्यसमिति भंग भएको निवेदन औपचारिक रूपमा निर्वाचन आयोगमा दर्ता गराएको उनले बताए।

कारबाहीको कुनै अर्थ छैन

देउवा पक्षले गगन थापा, विश्वप्रकाश शर्मा लगायतलाई अनुशासन कारबाही गरेको घोषणा गरे पनि गगनले त्यसलाई पूर्ण रूपमा अस्वीकार गरे। उनले भने, “विशेष महाधिवेशनमै केन्द्रीय कार्यसमिति भंग भइसकेको छ। नभएको केन्द्रीय कार्यसमितिले हामीमाथि कारबाही गर्ने र त्यसलाई हामीले भोग्नुपर्ने हुन सक्दैन।”

छोटो समयमै निर्णय सम्भव

गगन थापाले प्रचलित कानुन, निर्वाचन तथा दलसम्बन्धी ऐन र पार्टी विधानलाई एक ठाउँमा राखेर हेर्दा निर्वाचन आयोगले निकै छोटो समयभित्रै निर्णय गर्न सक्ने विश्वास व्यक्त गरे। उनले थपे, “विशेष महाधिवेशनमा नआएकाहरूले पनि आयोगको निर्णयलाई स्वीकार गर्ने छन् र पार्टी एकढिक्का भएर अगाडि बढ्छ।”

हस्ताक्षर प्रतिस्थापनका लागि बलिया आधारहरू

निर्वाचन आयोगमा अहिले पनि शेरबहादुर देउवाको हस्ताक्षरसहितका पुराना दस्तावेजहरू रहेको सन्दर्भमा प्रश्न उठ्दा गगनले भने, “विशेष महाधिवेशन विधिसम्मत छ। आयोगले अतिरिक्त फेभर नगरीकन कानुनसम्मत रूपमा यसलाई स्वीकार गर्छ र नयाँ कमिटी अद्यावधिक गरिदिन्छ। त्यसपछि नेपाली कांग्रेस एक ठाउँमा आउँछ र ठीक ढंगले चल्छ।”

उनले दुईवटा कमिटीको अवधारणालाई अस्वीकार गर्दै भने, “एउटा अधिवेशन भइरहेको छ, अर्कोतिर पार्टीले निर्णय गर्‍यो भन्ने आधारमा दुईवटा कमिटी भएको भनिएको छ। दुईवटा त हुनै सक्दैन। कि हामी ठीक हुनुपर्‍यो, कि सानेपामा बसेर निर्णय गर्नेहरू ठीक हुनुपर्‍यो? हाम्रो दाबीभन्दा पनि विधानसम्मत भन्ने हो। महाधिवेशन नै आधिकारिक हो।”

आयोगको निर्णयप्रति पूर्ण विश्वास

गगन थापाले निर्वाचन आयोगले कानुनअनुसार निर्णय गर्ने र त्यो निर्णय आफ्नो पक्षमा आउने कुरामा पूर्ण विश्वास व्यक्त गरे। उनले भने, “हाम्रो प्रस्ट बुझाइ के छ भने महाधिवेशन नै आधिकारिक हो। जसले गर्दा आफ्नो पक्षमा निर्णय आउँछ भन्ने तपाईंहरूलाई पनि विश्वास छ।”

अब आयोगले कसरी यो विवादलाई सम्बोधन गर्छ र कुन पक्षलाई आधिकारिकता दिन्छ भन्ने कुराले नेपाली कांग्रेसको आगामी यात्रा र आगामी निर्वाचन तयारीलाई निर्णायक रूपमा प्रभाव पार्नेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

सम्बन्धित

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

राहदानी विभागका महानिर्देशक र निर्देशक ४ दिन थुनामा, भ्रष्टाचार प्रकरणमा अनुसन्धान सुरु

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group