ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँबाट देवघाट जाँदै गरेका तीर्थयात्री सवार बस धादिङमा दुर्घटना


एबीसी न्यूज

काठमाडौं २८ माघ । धादिङमा गएराति तीर्थयात्री सवार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २३ जना घाइते भएका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले दिएको जानकारी अनुसार काठमाडौँबाट चितवनको देवघाट जाँदै गरेको बा ३ ख ८९२३ नम्बरको बस आइतबार राति १० बजे पृथ्वी राजमार्गमा पर्ने धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ मा दुर्घटनामा परेको हो।

‘दुर्घटनामा दोलखा भीरकोटकी ५० वर्षीया पार्वती काफ्लेको निधन भएको छ,’ डीएसपी काफ्लेले भने, ‘दुर्घटनामा गम्भीर घाइते हुनुभएकी काफ्लेको उपचारको क्रममा महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा मृत्यु भएको हो।’

दुर्घटनामा घाइते भएकामध्ये ५ जनाको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। ९ जनाको प्रहरी अस्पताल र बाँकी ८ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको डीएसपी हमालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

सम्बन्धित

केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस

मधेश प्रदेशमा हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com