सोशल मिडियाले मानिसहरूको विश्वासलाई अप्रत्याशित तरिकामा परिवर्तन गर्दैछ।
तिनीहरूले यसलाई दिव्य हस्तक्षेप बताए । अमेरिकामा टिकटक १९ जनवरीमा पुनर्जीवित भयो, ठीक केही घण्टा पछि जुन दिन छोटो भिडियो एप्लिकेसन बन्द भएको थियो। प्रयोगकर्ताहरूले आफ्नो प्रार्थनाको सुनुवाई भएको भन्दै खुशी व्यक्त गरे। “भगवानले भने टिकटक उठ, यसको पुनर्जन्म छ!“ एक प्रयोगकर्ताले भने। वास्तवमा, डोनाल्ड ट्रम्पले आफ्नो कार्यालयमा फर्केपछि पहिलो दिन एक कार्यकारी आदेश जारी गरे, जसले चिनियाँ स्वामित्वको एप्लिकेसनलाई अमेरिकी सुरक्षा चिन्ताहरूको कारण बन्द वा स्वमित्व बाँडफाँडका लागि समय सीमा बढाइदियो ।
धार्मिक भावनाहरू टिकटकमा असामान्य होइनन्, जहाँ धार्मिक सामग्री एप्लिकेसनको १.९ अर्ब वैश्विक प्रयोगकर्ताहरू बीच लोकप्रिय हुँदै गएको छ (चीनमा यो उपलब्ध छैन)। ३येशु र ३इस्लाम जस्ता शीर्ष पाँच पवित्र ह्यासट्यागहरू सहितका भिडियोहरूलाई १.२ ट्रिलियन भन्दा बढी पटक हेरिएको छ।
FaithToker“ भनेर चिनिने टिकटकको समुदाय विविध छ। भिडियोहरूमा क्याथोलिकहरू पवित्र पानी छर्किरहेका छन्, मर्मोनहरूले धर्मशास्त्रको व्याख्या गरिरहेका छन् र मुस्लिमहरूले कÞुरान पढÞिरहेका छन्। ननहरूले मठ जीवनका दृश्यहरू प्रस्तुत गर्दछन्; इमामहरूले मार्गदर्शन दिन्छन्; र समुदायका सदस्यहरूले आफ्ना आफ्नै समुदाय सुरू गर्ने प्रयास गर्दैछन्। टिकटकले पूजा विधिको एक मिश्रण प्रस्तुत गर्छ, जुन कहिलेकाहीं अचम्मित र प्रबुद्ध पार्ने खालले दुवै प्रकारको अनुभव गराउँछ । अझ यसलाई थप ध्यान दिन लायक बनाउँछ, किनकि यो एप्लिकेसनले विश्वास र संस्कृतिमा महत्वपूर्ण परिवर्तन गरिरहेको छ।
यो पहिलो पटक होइन जब प्रविधिले धर्मलाई प्रभाव पारिहेको छ। प्रिन्टिङ प्रेस प्रसिद्ध रूपमा विघटनकारी थियो, जसले नयाँ उपदेशहरू फैलायो र १५१७ मा प्रोटेस्टन्ट सुधारको सुरुवात गरायो। टेलिभिजनले २०औं शताब्दीमा अमेरिकामा सुसमाचार प्रचारलाई बढावा दिएको थियो, यद्यपि यसले चर्चतिरको उपस्थितिमा केही कम नै थियो । १९९० को दशकमा इन्टरनेटको बृद्धिका साथ पश्चिमी देशहरूमा मानिसहरूले आफ्नो धार्मिक पहिचानहरू फैलाउन थाले। त्यसपछि अमेरिकामा धार्मिक पहिचान नहुनेहरूको हिस्साले लगभग तीन गुणा वृद्धि गरेको छ, जसले हरेक अन्य धर्मसंप्रदायलाई पछाडि पार्दै २८% पु¥याएको छ (तर धेरैले अझै पनि “अलौकिक शक्ति“मा विश्वास गर्छन्)।
अनलाइन “धार्मिक सत्यको दावीहरूको यति धेरै अस्तित्व छ कि यसले तपाईंको निश्चिततालाई घटाउँछ“, भर्जिनियाको लिन्चबर्ग विश्वविद्यालयका समाजशास्त्री पोल म्याकलुरेले भनेका छन् । मानिसहरू जति इन्टरनेटमा समय बिताउँछन्, उनीहरू प्रार्थना गर्ने, सेवामा जाने वा कुनै धार्मिक परम्परामा सहभागी हुने सम्भावना कैयौं गुना कम हुन्छ। यसको अर्थ यो होइन कि सामाजिक मिडियाले धर्मको लागि सबै खराब काम गरेको छः अनलाइन प्लेटफर्महरूले कहिलेकाहीं फोरम र च्याट रूमहरू मार्फत धार्मिक समुदायहरू बनाउन मद्दत पु¥याएका छन्, जस्तै कोभिडका समयमा। र धेरै विश्वास प्रणालीहरूले भरिएको, एल्गोरिदमहरूले थिचिएको, अनुसन्धानले पत्ता लगाएको छ कि सोसल मिडियामा रहेका युवा वयस्कहरू विभिन्न धर्महरूकाप्रति थप अनुकुलित भएका छन्।
टिकटक सबैभन्दा ठूलो धार्मिक मञ्च
टिकटक अहिलेसम्मको सबैभन्दा ठूलो धार्मिक मञ्च बनेको छ। यसलाई द थियोजका नाथन म्लाडिनका अनुसार “सोशल मिडिया स्टेरोइडमा” भन्ने शब्दले बर्णन गर्छन् । यसको अत्यधिक शक्तिशाली एल्गोरिदमहरूले जटिल विचारलाई ३० सेकेन्डको क्लिपमा प्रस्तुत गर्दछ र परम्परागत “धार्मिक यात्रा”का “आदत र सद्गुणहरू”लाई पहिले भन्दा निकै चाँडो ध्वस्त बनाउने उनले बताएका छन् ।
टिकटकले धर्मलाई तीन तरिकाले परिवर्तन गर्दैछ। पहिलो, रूपान्तरणहरू फरक तरिकामा हुँदैछन्, विशेष गरी युवा पुस्तामा, जो सधैं स्थापित धार्मिक व्यक्तित्वहरूसँग आकर्षित हुँदैनन्। यसको सट्टा, उनीहरू “फेथटोकर्स“ कता आकर्षित हुन्छन्, जो कहिलेकाहीं बाइबलका श्लोकहरूका साथ हल्याल स्न्याक्स र खेलकुदको कपडा जस्ता “धार्मिक शास्त्रसँग मेल खाने” उत्पादनहरू बेचिरहेका हुन्छन्। उनीहरूका भिडियोहरूले नयाँ विधिहरू (जस्तै “पवित्र केटीका आदतहरू“), नारा (“भगवान यति चासोपूर्ण हुनुहन्छ !“) र श्लोकमा सल्लाह (“संशयमा हुँदा, पूजा गरेर समाधान लेउ“) जस्ता उपयाहरु प्रस्तुत गर्छ। ”येशुको चमक”को प्रचार गर्ने प्रभावशाली व्यक्तिहरूले यस्ता प्लेटफर्ममा ठूलो सफलता देखेका छन् जहाँ व्यक्तिगत सौन्दर्य सल्लाहको प्रचलन पनि छ।
थियोजको अध्ययन अनुसार जेन जेड भनिने टिकटकको सबैभन्दा ठूलो प्रयोगकर्ता समूहले अन्य कुनै पनि पुस्ताभन्दा बढी विश्वास गर्दछ कि आधुनिक संसारमा धर्मको स्थान छ । नयाँ धर्मावलम्बीहरू प्रायः स्थापित चर्चहरूको सट्टा अनलाइन मन्थनहरूबाट आकर्षित हुन्छन्। “छोटो फारम सामग्री… भगवानको उपहार थियो,“ लुइसियाना स्थित प्रभावशाली व्यक्ति, टायलन माइकल सिमनले बताए । उनले डिजिटल बहस नामक कार्यक्रम चलाउँछन् र अरु क्रिस्चियनहरुलाई आफ्नो बहस सुरू गर्न मद्दत पु¥याउँछन्। (“किङडम युनिभर्सिटी“, उनको प्रशिक्षकको कार्यक्रम जसले भविष्यका छलफलहरूलाई प्रशिक्षण दिन्छ, यसको ८,००० डलर लागत छ।) सिमनले “भायरल पुनरुत्थान” सुरू गरेको दाबी गर्छन्, हजार जना प्रचारकलाई प्रशिक्षित गरेर ७ लखा ५० हजारलार्य “उद्धार” वा रूपान्तरण गर्न प्रेरित गरेका छन्।
दोस्रो तरिका जसले टिकटकलाई धर्म परिवर्तन गर्दैछ भनेको चाहिँ यो कम औपचारिकता हो। जेन जेडले “धुवाँ र ऐनाका खेलहरू” चाहँदैन, प्रभावशाली व्यक्तित्व गेब पाइरोटका अनुसार, जसले लगभग ४०,हजार मानिसलाई क्रिश्चियन धर्ममा रूपान्तरण गरेको दाबी गर्छन्। युवा व्यक्तिहरूले सम्पादित भिडियोहरूको सट्टा कच्चा क्लिपहरूलाई प्राथमिकता दिन्छन्। केहि मानिसहरू चर्चका मञ्च छोड्दैछन्, उनीहरूको विचारमा, एक “अधिक व्यक्तिगत सम्बन्ध”का लागि अनलाइन “येशूसँग” उपयुक्त समय हो । छोटा–फारम उपदेशहरू र अनलाइन प्रभावशाली व्यक्तिहरूसँग बनाइने पारा–सोशल सम्बन्धहरूले भगवानसँगको निकटता केही हदसम्म दिलाइदिएको छ ।
टिकटकको सहज शैलीको मतलब जो कोहीसँग फोन र इन्टरनेट जडान छ भने उनी आफ्नो प्रचार सुरू गर्न सक्छन्, अनलाइन प्रचारका विशेषज्ञ डेनिस बेकेरिङ्ग निष्कर्ष निकालेका छन् । प्रभावशाली व्यक्तिहरूलाई उनीहरूको करिस्माका लागि सम्मानित गरिन्छ, प्रमाणपत्रहरूको लागि होइन; ठूलो फलोइङ भएका व्यक्तिहरूले कम प्रशिक्षण प्राप्त गरेका हुन्छन्। यसका अतिरिक्त, क्रिएटरहरूलाई आफ्ना दर्शकहरूको लागि दृश्यहरू प्राप्त गर्नका लागि उत्तेजना वा अपमानजनक रचनाहरू बनाउन प्रोत्साहित गरिन्छ। यसले “के तपाई स्वर्गमा जानुहुन्छ कि नरकमा?“ जस्ता क्लिक बाइट शीर्षकहरू र धार्मिक शास्त्रको उत्तेजक व्याख्याहरूलाई जन्म दिन्छ।
यो टिकटकको विश्वासमा सबैभन्दा ठूलो प्रभावहरू मध्ये एकको संकेत होः यसले विभाजनको बीजारोपण गर्दैछ। जति बढी आवाजहरूले अधिकारको उद्घोष गर्छन्, मानिसहरूको विश्वास प्रणालीहरू फुट्दैछन्। १५१७ को प्रोटेस्टन्ट सुधारको समयमा जसरी उपासकहरूले क्याथोलिक चर्चलाई परित्याग गरे, आजकल मानिसहरू पारम्परिक संस्थाहरूलाई छोडेर नयाँ धर्महरूका क्रियटरहरुलाई पछ्याउँदैछन्।
अधिकारको प्रबलताले आर्थोडक्स विश्वासहरूको जीवनशक्ति घटाउँछ। प्रभावशाली व्यक्तिहरूका मन्थनहरू प्रायः “गैर–संप्रदायिक” हुन्छन्, जुन कुनै स्थापित सम्प्रदायबाट पृथक दृष्टिकोणलाई प्रकट गर्छन्। फेथटोकका बाहिरी सिमाना मा, मानिसहरू “नयाँ युग”का आध्यात्मिकतामा परिणत हुँदैछन्। ३विका (पागानिज्म) र ३जादू प्रत्येकले प्लेटफर्ममा अर्बौं भ्युजहरू प्राप्त गरेका छन्, जहाँ युवाहरू क्रिस्टल, औषधि र जादूको प्रशंसा गर्दैछन्।
टिकटकमा धार्मिक झूटका प्रसार
टिकटक धार्मिक गलत जानकारीको भरमारले भरिएको छ, जसमा एआईद्वारा निर्मित घृणा भाषणहरूदेखि प्रमुख धार्मिक नेताहरूको गहिरो नक्कली भिडियोहरूसम्म समावेश छन्। आध्यात्मिक सोच राख्ने षड्यन्त्र सिद्धान्तहरू (जसलाई “कन्स्पिरिचुअलिटी” भनिन्छ) टिकटक र बाहिर तीव्र रूपमा फैलिरहेका छन्। उदाहरणका लागि, “क्यूएनन“ षड्यन्त्र सिद्धान्तहरू प्रचलित छन्, जसमा धार्मिक चित्रणहरू मिसिएका छन् र आध्यात्मिक खोजका रूपमा प्रस्तुत गरिएका छन्। विश्वास एउटा उत्तेजक शक्ति हो, किनकि विश्वास गर्नेहरूले आफूलाई उच्च उद्देश्यका लागि आह्वान गरिएको ठान्छन्, बोस्टन विश्वविद्यालयकी गलत जानकारी अध्ययनकर्ता जोन डोनोभान भन्छिन्।
केहीलाई यो विडम्बनापूर्ण लाग्न सक्छ कि धार्मिक सामग्री एक यस्तो एपमा फलिरहेको छ, जसको चिनियाँ कम्युनिस्ट पार्टीसँग गहिरो सम्बन्ध छ, जसले आधिकारिक रूपमा “राज्य नास्तिकता” प्रवर्धन गर्छ र धार्मिक तथा जातीय अल्पसंख्यकहरू, विशेषगरी मुस्लिम उइगुरहरूको उत्पीडन गर्दै आएको छ। तर, ती व्यक्तिहरू जसले टिकटकको गहिरो अध्ययन गरेका छन्, उनीहरू साँच्चिकै चकित छैनन्। विभाजनकारी सामग्री, जसमा राजनीति पनि समावेश छ, प्लेटफर्ममा प्रक्षिप्त हुने र सामाजिक अस्थिरता फैलाउनका लागि प्रोत्साहित हुने विश्वास गरिन्छ। धार्मिक गलत जानकारी पनि राजनीतिक गलत जानकारीजस्तै विभाजनकारी हुन सक्छ, डोनोभान भन्छिन्। अनलाइन, परमेश्वरका बकराहरूलाई सिंहहरूमा रूपान्तरण गरिन्छ।
द इकोनोमिष्टबाट भावानुवाद ।
प्रतिक्रिया दिनुहोस्