ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डढेलोबाट हुने क्षति न्यूनीकरणको पूर्वतयारी गर्न समितिको निर्देशन


एबीसी न्यूज

काठमाडौं २७ माघ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले डढेलोबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आइतबार बसेको बैठकले डढेलो नियन्त्रण गर्न तथा डढेलोबाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने आपसी समन्वय गरी एकीकृत कार्यसम्पादन गर्न गृह र वन तथा वातावरण मन्त्रालयलाई समितिले निर्देशन दिएको छ ।

१५ दिनभित्र कार्ययोजना बनाई एकिकृत रूपमा कार्यान्वयन दुई मन्त्रालयलाई समितिले निर्देशन दिएको छ । सुक्खा मौसमको समयमा जंगलहरूमा डढेलोको प्रकोप बढ्ने र डढेलो नियन्त्रणमा संलग्न व्यक्तिहरूको मृत्यु समेत हुने सक्ने हुँदा पूर्व सावधानी अपनाउन समितिले निर्देशन दिएको छ ।

तालिम प्राप्त जनशक्ति र आवश्यक उपकरणको पर्याप्त व्यवस्था गरी परिचालन गर्ने व्यवस्था मिलाउन र वन जंगलमा डढेलो लगाउने जो कोहीलाई पनि कडाभन्दा कडा कारबाही गर्न समितिले निर्देशन दिएको हो ।

समितिले प्लास्टिकमुक्त देश बनाउन आगामी वैशाखदेखि काठमाडौं उपत्यकाबाट आवश्यक तयारी गर्न गृह, अर्थ र वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको बैठकमा गृह मन्त्रालयका सचिव तथा विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गाँउपालिका महासंघ, नेपाल नगर पालिका संघ, पारिवारिक निजी वन संघ, सामुदायिक वन उपभोक्ता महासंघ लगायत यस क्षेत्रका विज्ञहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

सम्बन्धित

गगन पक्षले कांग्रेसको आधिकारिकता दाबी गर्नु लोकतन्त्र माथिको षड्यन्त्र–देउवा पक्ष

केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस

मधेश प्रदेशमा हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com