काठमाडौं २५ माघ । कालीकोटको हलेसे भीरमा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । नरहरिनाथ गाउँपालिका–८ लालु गाउँबाट फर्किने क्रममा गएराति कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको ट्रक दुर्घटना हुँदा नरहरिनाथ–५ रुप्सा घर भई स्थानीय खुलालु बजारमा व्यवसाय गदै आएका गाडीधनी ४५ वर्षका गंग देउवाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी टेकबहादुर रावतले बताउनुभयो ।
लालु गाउँबाट मकै र भटमास खरिद गरेर स्थानीय बजार खुलालु हुँदै सुर्खेत फर्किने क्रममा ट्रक दुर्घटना भएको हो । पलाता–८ घर भएका चालकले हाम फालेर ज्यान जोगाएको बताएका प्रहरीको भनाइ छ । चालकलाई प्रहरीले पक्राउ गरेको छ ।








प्रतिक्रिया दिनुहोस्