ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा नयाँ भन्सार दर लागू


एबीसी न्यूज
माघ २०, २०८१ आईतबार   ८ : १६   बजे

काठमाडौं २० माघ । अमेरिकाले क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा नयाँ भन्सार दर लागू गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको करका नयाँ दर लागू भएको बीबीसीले जनाएको छ । अब अमेरिकामा क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५–२५ प्रतिशत कर लाग्नेछ ।

यस्तै चीनबाट आयात हुने सामानका १० प्रतिशत कर लाग्नेछ । क्यानडाबाट आयात हुने तेलमा भने नयाँ भन्सारदर फेब्रुअरी १८ तारिखबाट कार्यान्वयनमा आउने राष्ट्रपती ट्रम्पको प्रशासनले जनाएको छ । अमेरिकी प्रशोधन केन्द्रहरूमा ल्याउने झन्डै ४० प्रतिशत कच्चा तेल विदेशबाट आयातित हुने गर्छ र त्यसको ठूलो हिस्सा क्यानडाबाट आउँछ । चीन, क्यानडा र मेक्सिको अमेरिकाका मुख्य व्यापार साझेदार हुन् ।

गएको वर्ष अमेरिकामा भएका आयातमा यी तीनले देशको हिस्सा ४० प्रतिशत थियो । तथ्याङ्क अनुसार सन् २०१८ यता अमेरिकामा चीनबाट हुने आयात खस्किएको छ । क्यानडा र मेक्सिकोले अमेरिकी आयात शुल्कको जवाफ दिने चेतावनी दिइसकेका छन् ।

क्यानडा र मेक्सिकोले तिर्नुपर्ने भन्सार शुल्क ती देशबाट गैरकानुनी रूपमा भित्रिएको फेन्टनिल औषधिको जवाफ भएको राष्ट्रपती ट्रम्पले बताउनुभएको छ । फेन्टनिल औषधिका कारण अमेरिकामा दशौ लाखले ज्यान गुमाएका बताइन्छ ।

चुनावी अभियानका क्रमम ट्रम्पले चिनियाँ उत्पादनहरूमा ६० प्रतिशतसम्म आयात शुल्क लगाउने चेतावनी दिनुभएको थियो । ट्रम्पले भविष्यमा युरोपेली संघ ९ईयू० का लागि समेत आयात शुल्क लगाउने योजना रहेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group