काठमाडौं १७ माघ । नेदरल्यान्ड्सले नेपाललाई त्रिदेशीय शृंखलामा पहिलो जितका लागि १५८ रनको लक्ष्य दिएको छ।
थाइल्यान्ड, नेपाल र नेदरल्यान्ड्स सम्मिलित टी२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा त्रिभुवन विश्वविद्यालय मैदान कीर्तिपुरमा २० ओभरमा ४ विकेट क्षतिमा नेदरल्यान्ड्सको महिला टोलीले १५७ रन बनाएको हो।
रोबिन रिज्कीले ५९, स्टिरी क्यालिसले २९, आइरिस ज्विलिङले ३१ र हिथर सिजर्सले २३ रन बनाएपछि नेदरल्यान्ड्सले बलियो चुनौती पेस गरेको हो।
नेपालका लागि कविता कुँवर, पूजा महतो, ईश्वरी विष्ट र सीता राना मगरले समान १ विकेट लिए।
अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ। दोस्रो ओभर खेलिरहेको नेपाल विना विकेट क्षतिमा ५ रन बनाएको छ।







प्रतिक्रिया दिनुहोस्