ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कङ्गोमा विद्रोहीले १३ जना विदेशी सैनिकको हत्या गरे


एबीसी न्यूज
माघ १३, २०८१ आईतबार   १ : १३   बजे

काठमाडौं १३ माघ । प्रजातान्त्रिक गणतन्त्र कङ्गो डीआर कङ्गो मा विद्रोहीले १३ जना विदेशी सैनिकको हत्या गरेका छन् । विद्रोही एम२३ समूहसँगको भीडन्तमा शान्ति स्थापनाका लागि खटिएका १३ जना विदेशी सैनिक मारिएका बीबीसीले जनाएको छ ।

विद्रोही समूहसँगको भीडन्तमा दक्षिण अफ्रिकाका ९, मलावीका ३ र उरुग्वेका १ जना शान्ति सैनिक मारिएका छन् । विद्रोहीहरूलाई कङ्गोको पूर्वमा रहेको गोमा शहरतर्फ प्रवेश गर्नबाट रोक्ने प्रयास गर्दा आफ्ना ९ जना सैनिकको ज्यान गएको दक्षिण अफ्रिकाको सेनाले जनाएको खबरमा उल्लेख छ ।

गोमामा विद्रोही समूह एम२३ र कंगोको सेनाबीच लडाइँ चलिरहेको छ । विद्रोहीहरूले अहिलेसम्मकै बढी भू–भाग नियन्त्रणमा लिएपछि यस वर्षको शुरूदेखि युद्ध चर्किएको छ । द्वन्द्वका कारण अघिल्लो वर्ष चार लाख जना मानिसहरू घर छाडेर भागेका राष्ट्रसङ्ले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घले अत्यावश्यकबाहेक सबै कर्मचारीहरूलाई गोमाबाट फिर्ता गर्ने भएको छ । यस्तै बेलायत, फ्रान्स, जर्मनी र अमेरिकासहित कैयौं देशहरूले आफ्ना नागरिकलाई गोमा शहर छाड्न भनेका छन् ।

मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले विद्रोही र सेनाबीचको लडाइँले नागरिकलाई थप खतरामा पार्न सक्ने चेतावनी दिएको छ ।

यसैबीच फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँनले हिंसा अन्त्यका लागि विश्वव्यापी आह्वानका बीच आफूले कङ्गो र रुवान्डा दुवैका नेताहरूसँग कुरा गरेको बताउनुभएको छ ।

कङ्गोले विद्रोही समूह एम२३ लाई समर्थन गरेको आरोपमा छिमेकी रुवान्डासँग कूटनीतिक सम्बन्धविच्छेद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group