ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाथीभरामा केबलकारको विरोध गर्नेमाथि प्रहरीले चलायो गोली, दुई घाइते


एबीसी न्यूज
माघ १३, २०८१ आईतबार  ७ : ३२ बजे

विराटनगर, १३ माघ । ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’माथि प्रहरीले गोली चलाएको छ ।

शनिबार बेलुकी प्रहरीले चलाएको गोली लागेर दुईजना गम्भीर घाइते भएका छन् । गोली लागेर यमबहादुर लिम्बू र धर्मान पालुङ्वा घाइते भएका हुन् । दुवै घाइतेको ताप्लेजुङस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले गोली लागेका दुई जनालाई अस्पताल ल्याइएको जानकारी दिए । उनका अनुसार पाथीभरा क्षेत्रको बलुडाडा आसपास सुरक्षाकर्मी र केबलकार विरोधी पक्षबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो । ‘उनीहरू माथि थिए, माथिबाट गुलेली र ढुंगा प्रहार भएपछि सुरक्षाकर्मीबाट फायरिङ भएको हो,’ सीडीओ शर्माले भने, ‘दुई जना घाइते छन् ।’ शर्माका अनुसार घटना बेलुका करिब ६ बजेको हो ।

त्यसक्षेत्रमा आज दिनभर नै झडप भइरहेको थियो । त्यसक्रममा पहिचान पक्षधर सुमन लावती घाइते भएका थिए । ताप्लेजुङमा पाथीभरा जाने केबलकार निर्माणका लागि निर्माण कम्पनीले मंगलबारबाट काम सुरु गरेपछि तनावको अवस्था उत्पन्न भएको हो ।पहिचान पक्षधरले केबलकार निर्माण गर्दा पाथीभरा क्षेत्रको पहिचान मासिने भन्दै ‘नो केबलकार आन्दोलन’ चलाइरहेका छन् । उनीहरूले आइतबारबाट थप आन्दोलन गर्ने तयारी गरेको थिए ।
आज आइतबारबाट आन्दोलनका लागि भन्दै पहिचान पक्षधरहरू बलुडाँडामा भेला भएका थिए । यो क्षेत्र पहिचान पक्षधरले सेल्टरको रूपमा प्रयोग गर्दै आएका छन् ।

प्रहरी टोली पहिचान पक्षधरलाई तितरबितर पार्न हिजो दिउँसो सो क्षेत्रमा पुगेको थियो । त्यसक्रममा आन्दोलनका लागि तयारी अवस्थामा राखेका केही सामग्री पनि प्रहरीले खोसेको थियो । बेलुका फेरि प्रहरी पुगेपछि आन्दोलनरत पक्षले माथिबाट रोक्न खोजेका थिए । त्यसपछि प्रहरीले गोली चलाएको हो ।

शान्तिपूर्ण आन्दोलनको तयारी गर्दा राज्यले मान्छे ताकेर गोली प्रहार गरेको किराँत याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले बताइन् । ‘आइतबारबाट हाम्रो शान्तिपूर्ण विरोधको कार्यक्रम थियो, विरोधका लागि साथीहरू पुगेका ठाउँमा राज्यले बल प्रयोग गरेको छ,’ उनले भनिन्,‘ हाम्रा दुईजना साथीहरु गोली लागेर गम्भीर हुनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सम्बन्धित

गगनसँगै उभिएर शेखर र गच्छदारले भने– गगनको नेतृत्वमा एक भयौं

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

जाँचबुझ आयोगको म्याद २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा — डा. सीके राउत (भिडियोवार्ता)

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com