ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपभोक्ता अधिकारको संरक्षणमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री


admin

काठमाडौँ, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ता अधिकारको संरक्षणमा सरकार पूर्णरुपमा प्रतिबद्ध भएको बताउनुभएको छ ।

विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले सरकार नयाँ कानूनको तर्जुमा गरी उपभोक्ता अधिकारलाई थप मजबुत बनाउन तयार रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले उपभोक्तालाई पनि आफ्नो अधिकारको संरक्षण र कर्तव्य पालनामा सक्षम तुल्याउन उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिदैं उपभोक्ता अधिकार संरक्षणका लागि सरकारी निकाय, यस क्षेत्रमा क्रियाशील संघसंस्था र सञ्चारकर्मीको महत्वपूर्ण भूमिका अपेक्षित रहेको बताउनुभयो ।

उपभोक्ता अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्थाको आह्वानमा मार्च १५ अर्थात् आजको दिनलाई विश्व उपभोक्ता अधिकार दिवसका रुपमा मनाउन लागिएको हो ।

संयुक्त राष्ट्र संघको महासभाले पारित गरेको उपभोक्ता अधिकारसम्बन्धी मार्गनिर्देशनसमेतका आधारमा सरकारले मुलुकका राष्ट्रिय कानूनमा आवश्यक परिमार्जन गर्नुका साथै यस क्षेत्रमा नयाँ कानूनको तर्जुमा गरी उपभोक्ता अधिकारको संरक्षणमा महत्वपूर्ण कार्य गर्दै आएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले अहिले देशमा उपभोक्ता हितका लागि उपभोक्ता संरक्षण ऐन र विभिन्न क्षेत्रगत कानूनको व्यवस्था गरी तदअनुरुपका योजना तथा कार्यक्रम सञ्चालनमा रहेको समेत उल्लेख गर्नुभएको छ ।

नेपालको संविधानमा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक रहेको रहेको उल्लेख गर्दै उहाँले गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेका व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने मौलिक हकसहितको संवैधानिक व्यवस्था रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ, “संविधानमा भएको व्यवस्थाअनुसार सबै उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ ।”

उद्यमी र व्यवसायीले उपभोक्ता अधिकारको संरक्षण, सम्मान र पालना हुने गरी आफ्ना क्रियाकलाप सञ्चालन गर्नुपर्छ, उहाँले भन्नुभयो— “उपभोक्ताले पनि आफ्नो हक अधिकारप्रति सजक भई कानूनले प्रत्याभूत गरेका अधिकारको प्राप्ति, उपभोग र पालनामा थप जागरुप हुनु जरुरी हुन्छ ।”

प्रधानमन्त्री ओलीले उपभोक्ता अधिकारका क्षेत्रमा सक्रिय नियामक निकायले आफ्ना कार्य क्षमताका विकास र विस्तार गरी उपभोक्ता अधिकार संरक्षणका लागि अझ क्रियाशील हुनुपर्ने खाँचो औँल्याउनुभयो ।

सरकारले यस वर्ष उपभोक्ता दिवसको अवसरमा ‘उपभोक्ता जागरण अभियानमा स्थानीय तहको सक्रियता’ नारा तय गरेको छ ।

प्रधानमन्त्री ओलीले उपभोक्ता अधिकार दिवसको अवसरमा उपभोक्ताको अधिकारलाई सुरक्षित गर्न उद्यमी, व्यवसायी, नियामक निकाय र सरोकार भएका सबैलाई परिणाममुखी ढंगले कार्य सम्पन्न गर्न सफलता मिलोस् भन्ने कामनासमेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com