ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको शपथमा देखिएका रोचक दृष्य, बाइबलमा हात राखेनन्, भिडमा कलम फ्याँके


एबीसी न्यूज
माघ ८, २०८१ मंगलबार  ३ : ०१ बजे

काठमाडौं ८ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ ग्रहणको क्रममा केही रोचक दृष्यहरु देखिएका छन् र केही परम्परा पनि तोडिएका छन् ।

अमेरिकी राष्ट्रपतिले शपथ ग्रहण गर्ने बेला बाइबलमा हात राख्ने परम्परा ४७ औं राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि तोडेका छन् ।सन् १७८९ मा जर्ज वाशिङ्टनले सुरू गरेका थिए ।

निवर्तमान राष्ट्रपति जो बाइडेनले पनि यसलाई निरन्तरा दिएका थिए । बाइडेनले शपथ खाने बेला पत्नी जील बाइडेनले समाएको बाइबलमाथि आफ्नो हात राखेका थिए ।

यसअघि अमेरिकाका छैटौं राष्ट्रपति जोन क्विन्सी एडम्सले बाइबलको सट्टा संविधानमा हात राखेर शपथ लिएका थिए । त्यस्तै, थियोडोर रुजबेल्टले कुनै पनि पुस्तकमा हात नराखेर राष्ट्रपतिको शपथ लिएका थिए ।

 

शपथ ग्रहण गर्ने बेलामा बाइबलमाथि वा अरु कुनै पुस्तकमाथि हात राख्नुपर्ने भन्ने संवैधानिक व्यवस्था भने छैन । अमेरिकी संविधानमा राष्ट्रपतिले शपथ लिनुपर्ने विषय मात्र उल्लेख छ ।

त्यसैले ट्रम्पले शपथ ग्रहण गर्ने बेलामा उनले एक हात माथि उठाए भने उनको छेउँमा पत्नी मेलानिया दुई हात बाँधेर उभिइरहिन् ।

कार्यकारी आदेशमा हस्ताक्षर गरेर कलम भिडमा फ्याँके

ट्रम्पले शपथ ग्रहणपछि कार्यकारी आदेशहरु जारी गरेका छन् । यस क्रममा उनले अघिल्लो राष्ट्रपति जो बाइडेनको पालाका ७८ कार्यकारी आदेशहरु रद्ध गरेका छन् ।

ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरेका कलमहरु समर्थकहरुको भिडमा फ्याँकेका थिए ।

शपथ ग्रहण समारोह स्थलमा अत्यधिक जाडो भएकाले हलभित्र ट्रम्पको शपथ ग्रहण भएको थियो । हलभित्र शपथ ग्रहण गरेपछि ट्रम्पले समर्थकहरुलाई क्यापिल वान एरिनामा सम्बोधन गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

सम्बन्धित

जापानः ताकाइची नेतृत्वको दललाई भारी बहुमत

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

इजरायली विनाशपछि दक्षिणी गाउँहरूको पुनर्निर्माण गर्ने लेबनानी प्रधानमन्त्रीको घोषणा

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

बिहारका सांसद पप्पु यादव मध्यराति घरबाटै गिरफ्तार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com