ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा युद्धविरामपछि उद्धारकर्मी र नागरिकले युद्धले निम्त्याएको विनाशको निरीक्षण गर्न थाले


एबीसी न्यूज
माघ ८, २०८१ मंगलबार  १ : ०२ बजे

काठमाडौं ८ माघ । गाजामा पूर्ण युद्धविराम लागू भएको पहिलो दिन उद्धारकर्मी र नागरिकले १५ महिना चलेको युद्धले निम्त्याएको ठूलो मात्राको विनाशको निरीक्षण गर्न थालेका छन् ।

गाजाको सिभिल डिफेन्स एजेन्सीले युद्धका क्रममा ध्वस्त भएका संरचनाको भग्नावशेषमुनि अझै पनि दश हजारभन्दा धेरै शवहरू दबिएको आशङ्का गरेको छ । एजेन्सीका प्रवक्ता महमुद बसालले सय दिनभित्र भग्नावशेष हटाएर सबै शव निकाल्ने प्रयास गर्ने भने पनि ती संरचना हटाउन उपकरणहरूको अभावले ढिलाइ हुने सम्भावना रहेको बताउनुभएको बीबीसीले उल्लेख गरेको छ ।

आइतवारको युद्धविरामपछि गाजाका विभिन्न क्षेत्रमा भएको विनाशका दृश्यहरू सार्वजनिक भइरहेका छन् । संयुक्त राष्ट्रसङ्घले यसअघि गाजामा ६० प्रतिशत संरचनाहरू क्षतिग्रस्त वा नष्ट भएको आँकलन गरेको थियो ।

युद्धविराम शुरू भएसँगै बमबारी र आक्रमणको आवाज उत्सवहरूले प्रतिस्थापन गरे पनि लामो समयसम्म आक्रमण भोगेका गाजाका नागरिकले सामना गर्ने वास्तविकता निराशाजनक रहेको खबरमा उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमका अनुसार युद्धले २० लाखभन्दा बढी गाजावासी घरबारविहीन, आम्दानीविहीन र बाँच्नका लागि खाद्य सहायतामा पूर्णरूपमा निर्भर भएका छन् ।

खाद्य सहायता सामग्री युद्धविरामलगत्तै गाजामा प्रवेश गर्न थालेको छ । पहिलो दिन आइतवार ६ सय ३० लरीहरू र दोस्रो दिन हिजो सोमवार थप ९ सय १५ लरीहरू खाद्यसहितका सहायता सामग्री लिएर गएका थिए ।

१५ महिनाअघि युद्ध शुरू भएयता सहायता सामग्री बोकेका लरीको यो सङ्ख्या सबैभन्दा उच्च रहेको राष्ट्रसङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सम्बन्धित

गगनसँगै उभिएर शेखर र गच्छदारले भने– गगनको नेतृत्वमा एक भयौं

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

जाँचबुझ आयोगको म्याद २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा — डा. सीके राउत (भिडियोवार्ता)

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com