ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले र यसको नेतृत्वविरुद्ध भूराजनीतिक खेल भइरहेको छ – पोखरेल


एबीसी न्यूज

काठमाडौं ७ माघ । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीलाई बलियो राष्ट्रिय शक्ति बन्न नदिन भूराजनीतिक खेल भइरहेको दाबी गरेका छन्।

नेपालमा दुई दलीय प्रणालीबारे लामोसमयदेखि वकालत गर्दै आएका पोखरेलले सोमबार त्यसबारे समाजिक संजालमा लामो स्टाटस लेख्दै यस्तो दाबी गरेका हुन्। उनले लेखेका छन्, ‘अहिले नेकपा ९एमाले० र त्यसको नेतृत्वका विरुद्धको घेरावन्दी बलियो राष्ट्रिय शक्ति बन्न नदिने भू(राजनीतिक द्वन्द्वको खेल हो।’

नेपालमा साना राजनीतिक दल यस्तो खेलको सहयोगी बनेको समेत पोखरेलको आरोप छ। ‘नेपालका साना राजनीतिक दलहरु या त आफ्नो राजनीतिक कुण्ठाबाट ग्रस्त भएर उनीहरुका सहयोगी बन्न पुगेका छन् या त निराशा र कुण्ठाग्रस्त मनस्थितिमा सामाजिक अराजकताको बाहक बनिरहेका छन् र नेकपा९एमाले०को नेतृत्वमाथि हमला गरिरहेका छन्,’ उनको भनाइ छ, ‘यो प्रवृति हरेक हिसावले जनता र राष्ट्रका लागि घातक छ। समाजवादको यात्रका लागि त झनै बाधक छ।’

त्यस्तै एमालेविरुद्ध साइबर हमला समेत भइरहेको र अब सुरु गर्न लागिएको तीन महिने अभियानबाट त्यसलाई चिर्ने कोसिस हुने पोखरेलको भनाइ छ। ‘यतिबेला नेकपा९एमाले० विरुद्ध संचालित साइबर हमला भइरहेको छ,’ उनले लेखेका छन्, ‘त्यसको उद्देश्य नेकपा ९एमाले०लाई कमजोर बनाउनु र नेपालमा बलियो राष्ट्रिय शक्तिको निर्माण हुन नदिनु हो। ‘मिस इन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’को वाढी त्यसै उद्देश्यतर्फ लक्षित देखिन्छ। नेकपा एमाले० को तीन महिने जराकेन्द्रित अभियानका माध्यमबाट त्यसलाई परास्त गर्दै मुलुकमा लोकतन्त्रको सहज अभ्यासको वातावरण सिर्जना गर्न अग्रसर छ र हुनु पर्दछ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com