ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायल–हमास युद्धविराम स् आफन्त पुनर्मिलनको भावुक दृश्य


एबीसी न्यूज

काठमाडौं, ७ माघ । इजरायल र हमासबीच युद्धविराम सम्झौता लागू भएपछि बन्धकहरुलाई रिहागर्ने क्रम जारी छ । पहिलो चरणको युद्धविरामको क्रममा ९० जना प्यालेस्टिनीलाई रिहा गरेको इजरायलले जनाएको छ । आइतबार हमासले तीन जना इजरायली महिलालाई बन्धक मुक्त गरेको थियो ।

उनीहरुले आफन्त भेट्दाको खुसी साटिरहेका छन् । उनीहरु एकअर्कालाई अँगालो हालेर खुसीको आँसु झार्दै आत्मीयता साटासाट गरेको भावुक दृश्य देखिएको छ । आफन्तसँगको पुननर्मिलनको दृश्य भावुक बनाउने खालका छन् ।
युद्ध रोकिएपछि गाजा क्षेत्रबाट विस्थापित भएकाहरु पनि आफ्ना घरमा फर्किरहेका छन् । क्षतबिक्षत घर अगाडिको उनीहरुको तस्वीर दर्दनाक देखिन्छ ।

लामो समयपछि युद्ध बन्दीहरु रिहा हुन लागेको खबर पाएदेखि नै उनीहरुका आफन्त हर्षित र भावुक देखिएका तस्वीरहरु सार्वजनिक भएका थिए । शनिबार इजरायलको राजधानी तेल अभिभमा महिलाहरु भेला भएर आफ्ना आफन्तका लागि प्रार्थना गरिरहेको देखिएको थियो । अहिले आफन्त भेट्दाको खुसी र रुवाइका तस्वीर सार्वजनिक भइरहेका छन् ।

सन् २०२३ को अक्टुबर ७ मा इजरायली भूमिमा छिरेर हमासले आक्रमण गर्दा १० नेपालीसहित १ हजार २०० जनाको मृत्यु भएको थियो नेपालका विपिन जोशीसहित २५० भन्दा बढीलाई बन्धक बनाएर लगेको थियो । त्यसको केही घण्टापछि इजरायली सेनाले हमासविरुद्ध गाजा क्षेत्रमा आक्रमण गरेको थियो । यस आक्रमणबाट ४६ हजार जनाको मृत्यु भइसकेको छ ।सन् २०२५ जनवरी १५ मा इजरायल र हमासबीच युद्धविराम सहमति भएको थियो । १५ जनवरीमा युद्ध रोक्ने सम्झौता भए पनि १९ जनवरीदेखि मात्रै कार्यान्वयनमा आएको थियो ।

१५ महिना लामो युद्धको क्रममा ४७ हजार भन्दा बढी व्यक्ति मारिएका थिए । युद्धविराम गराउनका लागि अतार, इजिप्ट र अमेरिकाले प्रमुख भूमिका निर्वाह गरेका थिए ।

युद्धविराम कार्यान्वयन तीन चरणमा हुने छ । पहिलो चरणमा हमास र इजरायलले बन्धक बनाएकाहरुलाई रिहा गर्ने छन् ।

इजरायलले हरेक दिन आफ्नो एक बन्धकको बदलामा ३३ प्यालेस्टिनीलाई रिहा गर्ने प्रतिबद्धता जनाएको छ । यसैगरी एक महिला सैनिकको बदलामा ५० प्यालेस्टिनीलाई रिहा गर्ने छ ।

युद्धविरामको क्रममा इजरायलले कूल १ हजार बढी प्यालेस्टिनीलाई रिहा गर्ने छ । रिहा हुनेहरुको सूचीमा १५ वर्षदेखि इजरायलमा बन्दी जीवन बिताइरहेकाहरु पनि रहेका समाचार एजेन्सीहरुले जनाएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com