ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाइजेरियामा ट्याङ्कर दुर्घटनापछि विस्फोट हुँदा तेल सङ्कलन गर्न पुगेका ७७ जनाको ज्यान गयो


एबीसी न्यूज
माघ ६, २०८१ आईतबार  ११ : ३३ बजे

काठमाडौं ६ माघ । नाइजेरियामा इन्धन बोकेको ट्याङ्कर दुर्घटनापछि विस्फोट हुँदा कम्तिमा ७७ जनाको ज्यान गएको छ । उद्धारकर्तासहित २५ जना घाइते भएका छन् । उत्तर मध्य नाइजर राज्यको फेडरल रोड सेफ्टी कोप्र्स ९एफआरएससी० का प्रमुख कुमार सुक्वामका अनुसार ६० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर सुलेजा क्षेत्रमा दुर्घटना भएको हो ।

ट्याङ्कर दुर्घटनापछि घटनास्थलबाट तेल सङ्कलन गर्न पुगेका ७७ जनाले ज्यान गुमाएका सुरक्षाकर्मी र उद्धारकर्तालाई उद्धृत गरी बीबीसीले जनाएको छ । मानिसहरूले तेल निकाल्न थालेको केहीबेरमै विस्फोटको घटना भएको थियो । हिजो भएको घटनामा घाइते भएकाहरुको नजिकैका अस्पतालमा उपचार भइरहेको छ ।

नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट र दुर्घटनाका घटना पटक–पटक हुँदै आएका छन् । गएको अक्टोबरमा चुहावट पेट्रोल सङ्कलन गर्ने क्रममा भएको विस्फोटमा कम्तिमा एक सय ५३ जनाले ज्यान गुमाएका थिए । गम्भीर आर्थिक सङ्कट झेल्दै आएको नाइजेरियामा १८ महिनामा पेट्रोलको मूल्य पाँच गुणाले बढेको छ ।

नाइजेरियाका राष्ट्रपति बोला टिनुबुको लामो समयदेखिको इन्धन अनुदान हटाउनेलगायतका आर्थिक नीतिपछि इन्धनको मूल्य उच्च भएको छ । सरकारले आफ्नो नीतिबाट अर्थतन्त्रलाई बलियो बनाउने उदेश्य रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सम्बन्धित

गगनसँगै उभिएर शेखर र गच्छदारले भने– गगनको नेतृत्वमा एक भयौं

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

जाँचबुझ आयोगको म्याद २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा — डा. सीके राउत (भिडियोवार्ता)

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com