ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धक्का खाएका रुस र इरानले गरे २० वर्षे ‘रणनीतिक साझेदारी’


एबीसी न्यूज

काठमाडौं ५ माघ । रुस र इरानले लामो समयदेखि ढिलाइ हुँदै आएको एउटा दीर्घकालीन सम्झौतामा हस्ताक्षर गरेका छन्। दुवै देशले भूराजनीतिक दबाब चरम विन्दुमा पुगेका बेला यस्तो सम्झौता गरेका हुन्।

यो २० वर्षे रणनीतिक साझेदारीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसुद पेजेस्कियानले शुक्रबार मस्कोमा हस्ताक्षर गरेका छन्। जसले दुई देशको सैन्य तथा आर्थिक सम्बन्ध थप बलियो बनाउने अपेक्षा गरिएको छ। यद्यपि, यो सम्झौता पश्चिमा मुलुकहरूका लागि भने टाउको दुखाइको विषय हुन सक्छ।

हस्ताक्षरपछि पुटिनले रुस र इरानले दृढतापूर्वक विदेशी दबाबको सामाना गर्ने बताए।

सम्झौतामा दुवै देशले आफ्नो भूमि एकअर्काका लागि खतरा उत्पन्न कुनै काममा प्रयोग गर्न नदिने वाचा गरेका छन्। त्यस्तै, सैन्य र सुरक्षा खतराको सामना गर्न एकअर्कालाई सल्लाह र सहयोग दिने, संयुक्त सैन्य अभ्यास गर्ने सर्तहरू पनि छन्।

यसले उर्जा क्षेत्रको सहकार्य र व्यापार पनि बढाउने बताइएको छ। पुटिनले इरानमा नयाँ परमाणु उर्जा एकाइ निर्माणका विषयमा पनि विचार गरिरहेको बताएका छन्।

पेजेस्कियानले यसलाई बहुध्रुवीय विश्व निर्माणतर्फको कदम भनेका छन्।

यसै पनि इरान र रुस एकअर्काका निकै नजिक छन्। इरानले युक्रेन युद्धमा रुसलाई सघाइरहेको बताइन्छ।

यी दुवै देशले भारी पश्चिमा प्रतिबन्ध झेलिरहेका छन्। र, यो सम्झौता त्यतिखेर भएको छ, जतिबेला डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपतिको शपथ लिन लाग्दैछन्।

ट्रम्पले इरानप्रति आक्रामक नीति अख्तियार गर्ने आकलन गरिएको छ।

अर्कोतिर, सिरियामा बसर अल असदको सत्ता ढल्दा पश्चिम एसियामा यी दुवै देशले धक्का खाएको महसुस गरेका छन्।

सिरियामा नयाँ सत्ता र टर्कीको बढ्दो भूमिकाका कारण पश्चिम एसियाको भूराजनीतिक समीकरणमा पनि बदलाव आउन सक्ने अनुमान छ। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com