ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुस र इरानबिच ‘साझेदारी’ सम्झौता हुँदै


एबीसी न्यूज
माघ ४, २०८१ शुक्रबार  १ : ०८ बजे

काठमाडौं ४ माघ । रुस र इरानले शुक्रबार ‘विस्तृत रणनीतिक साझेदारी’ सम्झौतामा हस्ताक्षर गर्ने भएका छन् । इरानका राष्ट्रपति मसूद पेजेस्कियानको मस्को भ्रमणका क्रममा यो सम्झौता हुन लागेको हो ।

मस्को र तेहरानले वर्षौंदेखिको गहिरो सहयोगपछि आफ्नो घनिष्ठ सम्बन्धलाई औपचारिकता दिन खोजिरहेका बेला र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा प्रवेश गर्नुभन्दा तीन दिनअघि सम्झौता हुने भएको हो ।

युक्रेनी र पश्चिमी अधिकारीहरूका अनुसार इरानले रुसलाई स्वचालितरूपमा विस्फोट हुने ‘शहीद’ ड्रोनहरू प्रदान गरेको छ । यिनिहरूलाई मस्कोले युक्रेनमा रातिमा ब्यारेजहरूमा आक्रमण गर्न प्रयोग गर्छ । दुबै देशहरूले पश्चिमी प्रतिबन्धहरूको बिच व्यापार बढाएका छन् ।

नयाँ सन्धिले तेहरान र मस्कोको ‘सैन्य–राजनीतिक र व्यापार–आर्थिक’ सम्बन्धलाई थप मजबुत बनाउने क्रेमलिनले बुधबार जनाएको छ ।

तेहरानका उच्च कूटनीतिज्ञ अब्बास अराघचीलाई उद्धृत गर्दै रुसी सरकारी सञ्चारमाध्यमले दिएको जानकारीअनुसार तेहरानले शुक्रबारको सम्झौताबारे थोरै जानकारी दिएको छ तर गत वर्ष उत्तर कोरियासँग रुसले गरेको सन्धिमा समावेश गरिएको सम्झौताजस्तो पारस्परिक प्रतिरक्षा धारालाई अस्वीकार गरेको छ ।

दुवै पक्षले वर्षौंदेखि नयाँ सन्धिका लागि काम गरिरहेका थिए । उनीहरूको वर्तमान सम्बन्ध सन् २००१ को सम्झौताद्वारा निर्देशित छ र यसलाई उनीहरूले आवधिक रूपमा नवीकरण गरिरहेका छन् ।

रुसले इरानसँगको आगामी सम्झौता र प्योङयाङसँग यसअघि नै हस्ताक्षर भइसकेको सन्धि ‘कुनै पनि देशविरुद्ध लक्षित नभएको’ बताएको छ ।

“यो सन्धि रचनात्मक प्रकृतिको छ र यसको उद्देश्य रूस, इरान र विश्वका विभिन्न भागमा रहेका हाम्रा मित्रहरूको क्षमतालाई सुदृढ पार्नु हो,” रुसी विदेशमन्त्री सर्गेई लाभरोभले मङ्गलबार भन्नुभएको थियो ।

रूसका लागि इरानका राजदूत काजेम जलालीलाई उद्धृत गर्दै रुसको समाचार एजेन्सी तासले यो २० वर्षका लागि मान्य हुने जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरान, चीन र उत्तर कोरियासँगको सम्बन्धलाई आफ्नो विदेश नीतिको आधारशिला बनाएका छन् ।

रुस र इरान दुवैले आफ्ना महत्त्वपूर्ण ऊर्जा उद्योगहरूमा प्रतिबन्धसहित भारी पश्चिमी प्रतिबन्धहरूको सामना गरिरहेका छन् ।

गत वर्ष कजानमा भएको ब्रिक्स समूहको शिखर सम्मेलनमा पुटिनले रुस र इरानबिचको ‘साँच्चिकै मैत्रीपूर्ण र रचनात्मक सम्बन्ध’लाई आफूले महत्त्व दिएको पेजेस्कियानलाई बताउनुभएको थियो ।

ट्रम्प सत्तामा फर्कनुभन्दा केही दिनअघि पेजेस्कियानको रुस भ्रमण हुन लागेको हो ।

इरानविरुद्ध पटक–पटक सैन्य धम्की दिँदै आएका नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेन र मध्यपूर्वमा जारी द्वन्द्वको शीघ्र अन्त्य गर्न चाहको बताउने गर्नुभएको छ ।

मस्को र तेहरान दुवैको ठूलो समर्थन प्राप्त सिरियाली नेता बशर अल असदलाई विद्रोहीले सत्ताच्युत गरेको एक महिनापछि र इजरायल र इरानको सहयोगी हमासले गाजामा युद्धविरामको तयारी गरिरहेको एक महिनापछि यो सम्झौता भएको हो । राससरएएफपी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सम्बन्धित

गगनसँगै उभिएर शेखर र गच्छदारले भने– गगनको नेतृत्वमा एक भयौं

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

जाँचबुझ आयोगको म्याद २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा — डा. सीके राउत (भिडियोवार्ता)

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com