ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रसिद्ध वैज्ञानिक स्टेफन हकिनको निधन


admin

काठमाडौं, ३० फागुन । भौतिक विज्ञान शास्त्रका प्रसिद्ध वैज्ञानिक स्टेफन हकिनको ७६ बर्षको उमेरमा लण्डनमा निधन भएको छ । बेलायतको लण्डनस्थित क्याम्ब्रिजमा रहेको घरमा हकिनको निधन भएको उनको परिवारले जानकारी दिएको छ । हकिङले ब्ल्याक् होल र सापेक्षताका बारे अभूतपूर्व शोध गरेका थिए। उनले विज्ञानसम्बन्धी धेरै प्रसिद्ध पुस्तकहरू लेखेका छन्।

उनका तीन छोराछोरी लुसी, रबर्ट र टिमले बुबाको निधन भएको जानकारी दिदै भनेकाछ छन्, ‘हाम्रा प्यारा बुवा आज बित्नु भएकाले हामी दुःखी छौँ।’ उहाँ महान् वैज्ञानिक र असाधारण व्यक्ति हुनुहुन्थ्यो जसको काम र विरासत धेरै समयसम्म जिउँदो रहने छ। उनीहरूले आफ्ना पिताको साहस र दृढताको प्रशंसा गर्दै उनको प्रतिभा र हास्यकलाले विश्वभरि मानिसहरूलाई उत्प्रेरित गरिराख्ने विश्वास व्यक्त गरेका छन्।

चर्चित अ ब्रिफ हिस्ट्री अफ टाइम पुस्तकका बेलायती लेखक समेत रहेका हकिन सापेक्षवादको सिद्धान्त र ब्ल्याक होलकाबारे विभिन्न नयाँ तथ्य पहिल्याउने प्रखर वैज्ञानिक मानिन्छन् । सन् १९४२ मा जन्मिएका हकिन भौतिक विज्ञानका ज्ञातामात्र नभई क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रम्हाण्ड विज्ञान केन्द्रका शोध निर्देशक समेत हुनुहुन्थ्यो । सन् १९६३ मा मोर्टन न्युरोन रोग लागेको पत्ता लागेपछि उहाँलाई चिकित्सकहहरुले २ बर्ष बाँच्ने बताएका थिए । तर चिकित्सकीय भनाइलाई चुनौती दिंदै हकिन आधा शताब्दीभन्दा धेरै बाँच्न सफल हुनुभयो ।

१९५९ मा अक्सफोर्ड विश्वविद्यालयमा नेचुरल साइन्स पढ्ने अवसर पाएसँगै उहाँले क्याम्ब्रिजबाट विद्यावारिधी गर्नुभएको थियो । १९७४ मा उनले ब्ल्याक होलले हकिङ रेडियसन फाल्छ भन्ने सिद्धान्त प्रतिपादन गर्नुभएको थियो । १९८८ मा प्रकाशित उहाँले लेखेको पुस्तक अ ब्रिफ हिस्ट्री अफ टाइम १ करोडभन्दा बढी प्रति विक्री भइसकेको छ । उहाँको जीवनीमा आधारित भएर सन् २०१४ मा द थेउरी अफ एभ्रीथिङ नामक चलचित्र नै बनेको थियो । आफ्नो जीवनको लामो समय ह्वीलचेयरमा बिताउनुभएका उहाँले आफ्नो शारीरिक असक्षमतालाई पछि छोड्दै इच्छाशक्ति भयो भने कुनै दुर्बलताले रोक्दैन भन्ने प्रमाणित गर्नुभयो ।

को थिए हकिङ?

  • जन्म: अक्सफोर्ड, इङ्ल्याण्डमा सन् १९४२, ज्यानुअरी ६
  • सन् १९५९ मा नेचुरल साइन्स अध्ययन गर्न अक्सफोर्ड विश्वविद्यालय प्रवेश
  • पछि क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि
  • सन् १९६३ मा स्नायुप्रणालीको मोटर न्युरोनसम्बन्धी रोग लागेको निदान भएपछि जम्मा दुई वर्ष मात्र आयु बाँकी रहेको बताइएको
  • सन् १९७४ मा ‘ब्ल्याक् होल्’बाट ‘हकिङ विकिरण’ निस्किने सिद्धान्तको प्रतिपादन
  • सन् १९८८ मा ‘अ ब्रीफ् हिस्ट्री अफ् टाइम्’ प्रकाशित। यो पुस्तकको एक करोडभन्दा बढी प्रति बिकिसकेको छ।
  • सन् २०१४ मा उनको जीवनकथामा आधारित चलचित्र ‘द थिअरी अफ् एभ्रिथिङ्’ को निर्माण

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com