ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायली राष्ट्रपति नेपाल आउन इच्छुक, विपिन रिहाइका लागि पहल गर्ने


एबीसी न्यूज

काठमाडौं ३ माघ । इजरायलका लागि नेपाली राजदूत प्रा धनप्रसाद पण्डितले इजरायली राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

इजरायल(हमासबीच युद्धविराम सम्झौता भएकै दिन राजदूत प्रा। पण्डितले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

 

ओहोदाको प्रमाणपत्र पेस भएपछिको कुराकानीमा राष्ट्रपति हर्जोगले आफू नेपाल भ्रमण गर्न इच्छुक भएको बताएका छन्।

‘कुराकानीका क्रममा मैले महामहिमबाट नेपालको भ्रमण होस् भन्ने हाम्रो चाहना छ भनेको थिएँ’, राजदूत पण्डितले भने, ‘नेपाल आउने मेरो पनि एकदम ठूलो चाहना छ भन्नुभयो। यो कुरा उहाँले आफ्ना सहयोगीलाई नोट पनि गराउनुभएको छ।’

बुधबार अपराह्न भएको कार्यक्रममा नेपालका अलावा चीन, स्लोभेनिया, पनामा र पोर्चुगलका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गर्ने कार्यक्रम थियो।

ओहोदाको प्रमाणपत्रपछि नेपाली राजदूतलाई राष्ट्रपतिसँग कुराकानीका लागि ७ मिनेट तय गरिएको थियो।

‘तर, उहाँसँग १२ मिनेट कुराकानी हुनसक्यो, उहाँले नेपालबारे निकै चासो प्रदर्शन पनि गर्नुभयो’, पण्डितले भने, ‘कुराकानीका क्रममा मैले आजै इजरायल(हमासबीच युद्धविराम पनि हुँदै छ, आजै महामहिमसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्ने अवसर पनि प्राप्त गरेँ भनेको थिएँ। यसलाई उहाँले पनि गजबको संयोगका रूपमा लिनुभयो।’

कुराकानीका क्रममा पण्डितले युद्धविरामसँगै नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ पनि छिट्टै हुने र उनको रिहाइलाई इजरायली सरकारले पनि प्राथमिकता दिएर पहल गर्ने अपेक्षा व्यक्त गरेका थिए। त्यस क्रममा उनले आफू विपिन अपहरणमा परेको स्थानसम्म पुगेको जानकारी पनि गराए।

‘ओहो, तपाईं त्यो ठाउँसम्म पनि पुग्नुभयोरु’ राष्ट्रपति हर्जोगले आश्चर्य प्रकट गर्दै भने, ‘त्यो ठाउँसम्म पुगेर वास्तविकता बुझ्नु भएकोमा धन्यवाद छ।’

राजदूत पण्डितले इजरायल(हमासबीच युद्धविराम हुने तय भएसँगै नेपालको परराष्ट्रमन्त्रीले विपिनको रिहाइका लागि कतार, इजिप्ट, पाकिस्तानलगायत विभिन्न पक्षसँग कुराकानी गरेको जानकारी गराए।

राष्ट्रपति हर्जोगले विपिनको शीघ्र रिहाइका लागि आफ्नो सकारात्मक सहयोग हुने अवगत राजदूत पण्डितलाई गराएका द्छटन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com