ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लस एन्जसलमा आगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या १६ जना पुग्यो


एबीसी न्यूज

काठमाडौं २८ पुस ।  अमेरिकाको लस एन्जलसमा लागेको आगोमा परी ज्यान गुमाउनेको सङ्ख्या १६ जना पुगेको छ ।  सबैभन्दा ठूला आगलागी भएको इटनमा ११ र प्यालीसेड्समा ५ गरी १६ जनाको ज्यान गएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अग्नि नियन्त्रकहरूले ज्यान गुमाउनेहरूको सङ्ख्या अझै बढ्नसक्ने बताएका छन्, १३ जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।

लस एन्जलस वरपर अहिले चार वटा जङ्गलमा आगो लागिरहेको छ । अग्नि नियन्त्रकहरूले २३ हजार एकड क्षेत्रफलमा फैलिएको प्यालीसेड्को डढेलो ११ प्रतिशतमात्रै निभाउन सकेका छन् । यस्तै इटनको १४ हजार एकड क्षेत्रफलमा आगलागी भएकोमा १५ प्रतिशत निभेको छ । अग्नि नियन्त्रकहरूले केनेथ र हस्र्टको दुई साना डढेलो भने नियन्त्रणमा लिएका छन् ।

आपत्कालीन उद्धारकर्ताहरूले शक्तिशाली हुरीमाझ लस एन्जलसको डढेलो निभाउने प्रयास पाँचौं दिन पनि जारी राखेका छन् । अग्नि नियन्त्रहरूले डढेलोलाई रोक्न विमानबाट पानी र आगो निभाउने ‘फायर रिटार्डेन्ट’ खसालिरहेका छन् । राति हावाको वेग अझै बढ्ने र त्यसले डढेलो फैलिन अझ मद्दत पुग्ने अधिकारीहरूले बताएका छन् ।

लस एन्जलसमा इतिहासकै खराब आगलागी भइरहेको छ । आगलागीमा हजारौं संरचना जलेर नष्ट भइसकेका छन् । लाखौं मानिस घर छाडेर भागेका छन् । आगलागीका कारण विषाक्त धूँवा र हावा फैलिएपछि लस एन्जलस काउन्टीमा स्वास्थ्य आपत्काल घोषणा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com